English

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १० पैसा र बिक्री दर १५८ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६७ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८२ पैसा र बिक्री दर नौ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

यो पनि…
फलफूल र तरकारीको मूल्य [सूची]
आज सोमबार कुन फलफूल र तरकारीको मूल्य कति ? [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको