English

‘एक पालिका एक प्राविधिक शिक्षालय स्थापना हुन्छ’



शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक/एक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताएका छन् ।

भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एक/एक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताए ।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उनको भनाइ थियो । सातै प्रदेशमा आवासीय ठूला महाविद्यालय बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको बताउँदै उनले देश भरिका पालिकाको आवश्यकताका आधारमा एक पालिका, एक प्राविधिक शिक्षालय स्थापना गर्ने र भूगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि बताए ।

राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उनको तर्क छ । आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने विषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै काम गरिसकेको उनले दाबी गरे ।

चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उनको भनाइ थियो । निजी स्कुलका शिक्षक भए पनि उनीहरूले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीहरूले पनि त्यहाँ उपचार गर्न पाउने गरी काम अघि बढाइएको उनले बताए ।

यो पनि…
‘शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ’

कार्यान्वयन होला शिक्षा मन्त्रालय र महासंघबीचको ५१ बुँदे सहमति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested