English

वास्तुअनुसार भान्साकोठामा यी रङ लगाउनुहोस्



घरका वस्तुहरूमा वास्तुले गहिरो प्रभाव पार्छ । वास्तुले घरेलु सामानहरू सही दिशामा राख्न सुझाव दिन्छ ।

वास्तुअनुसार सुत्ने कोठादेखि भान्छाकोठासम्म कुनै न कुनै कुराले असर गर्छ । भान्साको रंगले पनि धेरै गहिरो प्रभाव पार्छ । विज्ञहरूका अनुसार घरमा सुख–समृद्धि ल्याउन यी रंगहरू भान्सामा प्रयोग गर्न सकिन्छ ।

सुन्तला रङ

सुन्तला रङले घरका सदस्यहरूलाई नयाँ किसिमको आशा दिनुका साथै मनोवृत्ति बढाउँछ । यो रंग दक्षिण–पूर्व दिशाको लागि पवित्र मानिन्छ ।

सेतो रङ

सेतो रङलाई शान्ति र स्वच्छताको प्रतीक मानिन्छ । यसले घरका मानिसहरूमा सकारात्मक ऊर्जा फैलाउँछ । साथै सेतो रंग भित्ता र भुइँको लागि धेरै राम्रो मानिन्छ ।

हरियो रङ

हरियो आशा र सद्भाव को रङ हो । प्रकृतिसँग जोडिएको यो रङले भान्साकोठामा खुसीको सञ्चार गर्छ । साथै, हरियो रङ लगाउनाले घरका सदस्यको स्वास्थ्य पनि राम्रो रहन्छ ।

पहेँलो रङ

यो रङले भान्साकोठामा सकारात्मक ऊर्जा कायम राख्छ । भान्सामा यो रङको प्रयोग गर्नाले सूर्यको किरण सीधै पर्दैन । सूर्यको किरणको प्रतिबिम्बका कारण भान्साकोठामा तातोको प्रभाव कम हुन्छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested