English

यसकारण हुन्छ घरमा कलह-झगडा



सबैको चाहना हुन्छ, घरमा खुसीयाली र शान्ति होस् । तर, कैयौँपटक वास्तु दोषका कारण धेरैको यो इच्छा पूरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न सकिन्छ ।

कोठामा सूर्यको प्रकाश

घर बनाउँदा वा किन्दा विशेषगरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबिच प्रेम र स्नेह बढ्दछ ।

धातुको पलङ

सुत्ने खाट, पलङ वा ओच्छ्यान कहिल्यै धातुको हुनु हुँदैन । काठको बेड नै सबैभन्दा शुभ मानिन्छ । यस अलावा पति–पत्नी सुत्ने बेडमा एकै डसना भएको हुनुपर्दछ । दुई डसना जोडेर बनाएको ओछ्यानमा सुते पति पत्नीबिच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

डाइनिङ रुम

डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनुपर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

भित्ता वा पर्खाल

यदि, घरको कुनै पर्खाल चर्किएको भए त्यसलाई तुरुन्तै मर्मत गर्नुपर्दछ । घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ ।

तुलसीको बोट

घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नुपर्दछ । साँझमा यसको मुनि अनिवार्य दियो बाल्नुपर्ने धार्मिक मान्यता छ । यसो गरे घर झगडा, विवाद र परिवार बिचको आपसी मनमुटाव हटेर जाने वास्तुको मान्यता छ ।

यो पनि
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,