English

जीवनको आध्यात्मिक आयाम



शारीरिक र मानसिक पक्षहरूभन्दा पर सबै जीवन एउटै हुन् । यसलाई बुझाउनको लागि दुर्भाग्यवश हामीले यस्तो शब्द प्रयोग गर्नुपर्ने हुन्छ, जुन अहिलेको समयमा असाध्यै अपभ्रंश भएको छ- त्यो शब्द हो, आध्यात्मिकता ।

आध्यात्मिक प्रक्रिया भनेको माथि हेर्ने वा तल हेर्ने होइन । आध्यात्मिकता, आफूभित्र फर्किने अनि हाम्रो शरीर र मनको संरचनाहरूभन्दा परको आयामलाई स्पर्श गर्ने बारेमा हो । यो अवस्थामा, तपाईं, म र अरू बिच कुनै भिन्नता हुँदैन ।

आध्यात्मिकता एकदमै महत्त्वपूर्ण छ । हामीले समानताको बारेमा चाहे जतिसुकै बहस गरे तापनि, जब हामी शरीर र मनलाई अगाडि राखेर कुरा गर्छौँ, त्यहाँ कुनै समानता हुन सक्दैन । तर हामीले शरीर र मनबाट पर गएर जीवनको यो आयामलाई अगाडि ल्यायौँ भने, सबैथोक एउटै हो ।

यदि मानिसहरूमा यो अनुभव हुन सक्यो भने, तपाईंले यहाँ असाध्यै सानदार समावेशी अस्तित्व पाउनुहुनेछ । कसेले के क्षमता लिएर आएको छ भन्ने कुराले फरक पार्दैन, हरेक जीवनको स्थान हुनेछ । तर यतिखेर, शारीरिक र मानसिक क्षमताहरूको आधारमा हामीहरू मापक तय गरिरहेका छौँ, “यो राम्रो स्तरको हो अनि यो कम स्तरको हो ।“ यस्तो नगर्नुहोस् ।

के तपाईं यो भन्न सक्नुहुन्छ कि गाँजर वा फट्याङ्ग्राको जीवन तपाईंको तुलनामा कम छ ? तिनीहरू तपाईंबिना निकै आरामपूर्वक बाँच्न सक्छन्, तर तपाईं तीबिना बाँच्न सक्नुहुन्न ।

प्रकृतिले हामीलाई यो सम्भावना दिएकी छिन् कि हामीसँग यो बुद्धि छ, जसद्वारा हामी अरू सबै जीवनहरूभन्दा माथि उठ्न सक्छौँ । जब तपाईं एउटा निश्चित स्तरसम्म माथि उठ्नुहुन्छ, यदि तपाईं मूर्ख हो भने, तपाईंले यो अरूमाथि दमन गर्ने समय हो भनेर सोच्नुहुन्छ । होइन । जब तपाईं यस्तो स्तरमा पुग्नुहुन्छ, जहाँ बाँकी जीवनहरूले जानी–नजानी तपाईंतर्फ कुनै आशा लिएर हेरिरहेका हुन्छन्, यो सबैलाई समावेश गरेर घुलमिल हुने समय हो । यो अरूमाथि प्रभुत्व जमाउने वा दमन गर्ने समय होइन, किनकि जब तपाईं दमन गर्नुहुन्छ, तपाईं सबैथोकबाट अलग्ग रहनुहुन्छ । सदगुरुको प्रवचनमा आधारित

यो पनि…
यसकारण बिग्रन सक्छ दाम्पत्य जीवन
कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा

लक्ष्य प्राप्त गर्न तपस्या जरुरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested