English

झलमल्ल ३०० वर्ष पुरानो निगु पुखुः



साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको थियो ।

पोखरीको वरिपरि पालामा बलेका बत्तीको उज्यालोले चम्किएको पोखरीमा तस्विर लिन मध्यपुरथिमिका बासिन्दा झुम्मिरहेका थिए । मानौं त्यहाँ कुनैकुनै उत्सव भइरहेको छ । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ३०० वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये उत्तरतर्फको ठूलो निगु पुखुःको उद्घाटनको पूर्वसन्ध्यामा बिहीबार साँझ पोखरीमा गरिएको दिपावलीको दृश्य हो यो ।

थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करिब ३०० वर्ष पहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएको पोखरीको उद्घाटन गर्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा उनलाई स्वागत गर्न पानी निकालेपछि दुई पोखरी घाँसे मैदानमा परिणत भएको थियो । विसं २०६५ मा नगरपालिकाले १० लाख रुपियाँ खर्चिएर फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदान र अर्को पोखरी घाँस र झारले भरिएर जीर्णस्वरुपमा परिणत हुँदै आएको थियो ।

नगरपालिकाले आव २०७५÷०७६ देखि पुनःनिर्माण एवं जीर्णोद्धार सुरु भएको दुई पोखरीमध्ये दक्षिणतर्फको पोखरीको पुनःनिर्माण सम्पन्न गरेर गत वर्ष नै उद्घाटन गरिएको थियो भने उत्तरतर्फको ठूलो पोखरीको पनि आउँदो बिस्केट जात्रालाई पानी भर्नेगरी निर्माण सम्पन्न भएको हो । करिब दुई करोड रुपियाँको लागतमा निर्माण सम्पन्न गरिएको पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ ।

दक्षिणतर्फको पोखरी पाँच र उत्तरतर्फको पोखरी सात मिटर गहिरो बनाइएको छ । पोखरीको तल कालीमाटी, बीचमा पाँगो माटो र माथि पुनःकालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ । यो प्रविधिले पोखरीमा पानी नसुक्ने बताउँदै नगरप्रमुख श्रेष्ठले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकाशे पानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताए ।

दुई पोखरी परिक्रमा गर्न मिल्नेगरी पैदलमार्गमा आठ वटा फल्चा अर्थात् पाटी निर्माण गर्ने योजना चाहिँ बाँकी नै छ । गत वर्षको बिस्केट जात्रामा पानी भर्ने गरी दक्षिणतर्फको पोखरी र आउनै लागेकोे बिस्केट जात्रामा पानी भरि उत्तरतर्फको पोखरी पुनः निर्माण सम्पन्न भएको नगर प्रमुख श्रेष्ठले बताए ।

मेरो कार्यकालमा मध्यपुरथिमिका ४५ वटा मन्दिर, ४२ वटा पार्टी पौवा, १७ वटा पोखरी, २७ वटा ढुङ्गेधारा, तीन वटा दरबार, पाँच वटा बौद्ध विहार, सात वटा पार्क पुनःनिर्माण गरेको छु ।

मध्यपुरथिमि नगरपालिकालाई जीवित सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्यका साथ पुरातात्विक एवं ऐतिहासिक संरचनाको खोजीखोजी संरक्षण एवं जीर्णोद्धारका काम गर्दै आएको बताउँदै नगर प्रमुख श्रेष्ठले भने, ‘मेरो कार्यकालमा मध्यपुरथिमिका ४५ वटा मन्दिर, ४२ वटा पार्टी पौवा, १७ वटा पोखरी, २७ वटा ढुङ्गेधारा, तीन वटा दरबार, पाँच वटा बौद्ध विहार, सात वटा पार्क पुनःनिर्माण गरेको छु, मध्यपुरथिमि पनि कला, संस्कृति र ऐतिहासिक धरोहरको सम्पदा बस्ती हो भन्ने सन्देश विश्वमा पुर्याउन सफल भएको छु ।’

मध्यपुरथिमिका सम्पदाको संरक्षण गरेबापत नेपालभरिका पालिकामध्ये उत्कृष्ट घोषित हुँदै युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले मध्यपुरथिमिका नगरपालिकालाई एसिएन टाउनस्केप अवार्डबाट सम्मान गरेको थियो ।

यो पनि…
बेनीको बजार जता बाटो त्यतै छ नजर
कालीगण्डकी सभ्यताको गन्तव्यको केन्द्र: केलादीधाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested