English

भारतबाट विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को, १० प्रतिशतमा कोरोना



कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाइन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने भीड लाग्न थालेको बताए । उनका अनुसार अहिले दैनिक एक हजारभन्दा बढी मानिस भारतबाट आइरहेका छन् । सुनारका अनुसार गड्डाचौकीमा सबैको स्वास्थ्य परीक्षणका साथै कोरोना रोगसँग मेल खाने लक्षण देखिए कोरोना परीक्षण गर्ने गरिएको छ ।

एक सातायता गड्डाचौकी नाकाबाट घर फर्किने २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितलाई एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याएर उपचार गर्ने प्रबन्ध मिलाइएको छ ।

घट्यो रौनक

नयाँ वर्षको अवसरमा भव्य रूपमा मनाइने विशु पर्वको रौनक कोरोना कहरसँगै घटेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष विशुको रौनक थिएन ।

यस पर्वमा विवाहित महिला माइत जाने गर्छन् । यस पर्वलाई यस क्षेत्रमा स–परिवार भेटघाट गर्ने पर्वका रूपमा समेत लिने प्रचलन रही आएको साहित्यकार हेमबाबु लेखक बताउँछन् । सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि सङ्कट नआउने विश्वाससमेत गरिन्छ ।

भारतमा केही दिनयता कोरोना सङ्क्रमण उच्च दरमा बढेपछि कतिपय नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकाका वीरराम सुनारले आफू परिवारसहित विशु पर्वका लागि घर फर्किएको बताए । चार महिनाअघि रोजगारीका लागि पञ्जाव गएका उनी त्यहाँ कोरोना निकै बढ्दै गएकाले विशु पर्वको बहानामा घर फर्किएको बताए ।

डोकेबजारमा स्वास्थ्य परीक्षणमा खटिएका साउदले भने, ‘संक्रमण समुदायस्तरमै फैलिएको हामीले अनुमान गरेका छौँ । फर्किने सबै नागरिकको सीमामा परीक्षण सक्न सहज छैन ।’

दश प्रतिशतमा कोरोना संक्रमण

कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेमा कोरोना संक्रमण फैलिने क्रम बढी देखिएको छ । एक सातामा यहाँको नाकाबाट भारतको विभिन्न शहरबाट पर्व मनाउन घर फर्किरहेका तीन सय जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार मात्रै ३३४ जनाको परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखिएको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जनाए । ‘यहाँ जनशक्ति अभाव र अन्य व्यवस्थापनले भारतबाट आउने सबैको कोरोना परीक्षण सम्भव देखिएको छैन,’ डोकेबजारमा स्वास्थ्य परीक्षणमा खटिएका साउदले भने, ‘संक्रमण समुदायस्तरमै फैलिएको हामीले अनुमान गरेका छौँ । फर्किने सबै नागरिकको सीमामा परीक्षण सक्न सहज छैन ।’

साउदले भारतबाट आउनेहरू सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण बिनै गाउँ पसिरहेकाले आम नागरिकले सतर्कता अपनाउनुपर्ने अवस्था पुनः आएको बताए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या