English

श्रीलंकामा संकटकाल खारेज



श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् ।

सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए । 

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए । त्यसअघि, मन्त्रिपरिषद्का  सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए ।

टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

यो पनि…
श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा
श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

देशभरका अभिनयप्रेमी युवाहरूमाझ लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ।

मोहरम पर्व बिशेष सामाजिक सद्भावकालागि नेपालगन्जमा स्वयम्सेवा मुस्लिम धर्मावम्बिहरुको महान पर्व मोहरमको अवसरमा आज नेपालगन्जमा सर्वतपानी वितरण गरिएको छ ।

सगरमाथा आरोही जितेन्द्र रेग्मीले सगरमाथा सफाई देशव्यापी जागरण अभियान सम्पन्न गरेका छन् । सगरमाथालाई स्वच्छ र सफा राख्नुपर्छ भन्ने जागरण