English

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा



श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

यसअघि, श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाको समेत अभाव हुन थालेको छ ।

देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ ।

यो पनि
श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
कर्फ्यूपछि श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो