English

अन्तर्राष्ट्रिय घोडचढीका लागि खेलाडी तयार गर्छौं

घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता


नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघका अध्यक्ष हुन् रवि राजकर्णिकार । भर्खरै उनले नेतृत्व गरेको संघले अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरेको छ । घोडेजात्राको अवसरमा घोडचढी संघका उनै अध्यक्ष रवि राजकर्णिकारसँग गरिएको छोटो कुराकानीः

घोडेजात्रालाई कसरी सम्झनु र बुझ्नु हुन्छ ?

– प्राचीनकालदेखिको ‘लिगेसी कन्टिन्यू’ भएको हो । हाम्रो संस्कृतिको झल्को पनि दिन्छ यसले । सेनाका राइडरहरूले टुँडिखेलमा रोमाञ्चक खेल देखाउँछन् ?

सेनाले घोडचढीको खेल देखाउने तर सर्वसाधारणले हेर्न नपाउने । यसको अर्थ छ र ?

– म मुलुक बाहिर थिएँ । यही हेर्न भनेर हिजो मात्र आइपुगेको हुँ । तर मैले पनि हेर्न पाईंन ।

आम सर्वसाधारणलाई टुँडिखेलको घोडेजात्रा देखाउन सक्दा राम्रो हुन्छ । अझ स्टुडेन्टलाई देखाउन पाउँदा उनीहरूमा रुची जगाउन सकिन्थ्यो कि भन्ने हो ।

घोडचढी संघको अध्यक्ष समेत टुँडिखेलको घोडेजात्रा हेर्नबाट बञ्चित हुनुपर्यो किन ?

– सुरक्षाका कारणले होला वा कोरोनाको डरले हो, एक सय ५० जना भिआइपी र भिभिआइपी मात्र सहभागी हुने भन्ने सुनेँ । मलाई आधिकारिक रूपमा केही थाहा छैन । यो उहाँहरूको आन्तरिक मामिला हो ।

भनेपछि सेनाको घोडेजात्रा र घोडचढी संघको नाता प्रमाणित भएको छैन ?

– त्यस्तो देखिन्छ । तर अघि पछि नेपाली सेनाको ठूलो सहयोग छ, हाम्रो संघलाई । हामीले काठमाडौं र पोखरामा गरी बर्षमा दुईवटा च्याम्पियनसीप गर्दै आएका छौं । यी कार्यक्रम भव्य रूपमा सम्पन्न हुनुमा नेपाली सेनाकै देन रहेको छ ।

नेपाली सेनामा सीमित भएर घोडचढी संघको अस्तित्व निर्माण होला र ?

– यो महँगो खेल हो । घोडाको मूल्य र यसलाई पाल्न लाग्ने खर्च धेरै ठूलो छ । त्यसकारण सितिमिति कसैले आँट गर्दैन । तर पनि हामी अब चाहिँ केही ब्यवस्थापनमा लागेका छौं । पोनी (स्थानीय घोडा) रेस पनि गर्दै आएका छौं नि !

घोडचढीको विकासमा कसरी लाग्दै हुनुहुन्छ ?

– अब नेपालीहरूले पनि घोडा पाल्नुपर्छ भन्ने हो । घोडा पाल्न रुची भएका सातजनासँग मेरो कुरा भइरहेको छ । उहाँहरु मध्ये ५ जना नेपाली हुनुहुन्छ । एउटा मोडेल बनाएर उहाँहरूलाई घोडा पाल्ने वातावरण बनाउछौं ।

पोनी रेसलाई कन्टिन्यू गर्छौं । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्छौं ।

विदेशमा हुने प्रतियोगितामा घोड़ा लैजान सकिन्छ त ?

– त्यो त सकिदैन । तर यहाँ खेलाडी उत्पादन गर्न सकियो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन सकिन्छ । खेलाडीलाई विदेशमा केही अघि पठाएर उतैको घोडामा अभ्यस्त गराउन सकिन्छ । हामीले नै घोडा लिएर जाने क्षमता छैन । तर, उपायहरू छन् ।

संसारको ‘ट्रेन्ड’ चाहिँ कस्तो छ ?

– मैले भर्खरै इण्डियाको केही तबेला घुमेर आएको छु । तपाईं ‘विलिभ’ गर्नुहुन्न होला, त्यहाँ मैले १२ करोडसम्मको एउटै घोडा देखेँ ।

हुनेखानेहरूको कुरा अर्कै हुन्छ । उनीहरू त घोडा लिएर पनि जान्छन् प्रतियोगितामा । हामीले आफ्नै घोडा लिएर जान नसकेपनि उपाय चाहिँ छन् ।

नेपालमा घोडा र राइडरहरूको अवस्था के छ ?

– करिव २ सय ५० घोडा छन् भन्ने हाम्रो तथ्याङ्कमा छ । राइडरहरू पनि सेनामा निर्भर हो । केही बर्षमा नेपाली सेना बाहिरबाट पनि राइडरहरू तयार हुने अवस्था छ ।

कहाँबाट उत्पादन हुँदैछन् राइडर ?

– दुईवटा स्कूल पनि छन् घोडचढीका । ती स्कूलहरूले उत्पादन गर्दैछन् । फाजिल मोहमद र निरोजजीहरू यसैमा लाग्नु भएको छ ।

घोडापालन औधि महँगो छ नि होइन ?

– दुई–तीन करोडका गाडी चढ्नेहरू धेरै छन् नेपालमा । यस हिसावमा घोडा महँगो छैन । १२ करोडसम्म पर्छ एउटै घोडाको । तर हामीलाई २–३ लाखको घोडाले काम चल्छ । पाल्न चाहिँ अलि महँगो छ । मलाई लाग्छ, एउटा घोडा पाल्न मासिक १ लाखजति खर्च हुन्छ । तर मुल कुरो पैसा होइन, प्यासन हो ।

तपाईंको कार्यकालमा केही हुनेवाला छ त ?

– निश्चय नै म मेरो कार्यकालमा केही न केही रिजल्ट दिन्छु । जस्तो भर्खरै अन्तर्राष्ट्रिय मान्यता पाएका छौं । नेपाल आलम्पिक कमिटीबाट पनि मान्यता पायौं । अब भनेको खेलाडी उत्पादन गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने हो । हामी सक्छौं भन्नेमा म पूर्ण आशावादी छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested