English

इसीडी शिक्षकको आह्वान– आन्दोलनका एजेन्डा बदलौं



प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) सोनु राना मगर ढुङ्गेलले सम्पूर्ण इसीडी शिक्षकहरू दरबन्दी र सबै सेवा सुविधासहितको पेसा सुनिश्चित बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छिन् ।

इसीडी शिक्षकहरूले संघीय सरकारले तोकेको न्यूनतम तलब पाउनुपर्छ भन्दै आवाज बुलन्द पारिरहेका बेला शिक्षक सोनुले मंगलबार फरक एजेन्डा उठाउँदै सबैलाई आह्वान गरेकी हुन् ।

हाल सुनसरीस्थित इनरुवा नगरपालिकाको सामुदायिक विद्यालयमा शिक्षकको भूमिका निर्वाह गरिरहेकी सोनुले केवल तलबका लागि मात्र नभई दरबन्दी र सम्पूर्ण सुविधासहितको १०–४ को पेसा सुनिश्चित गर्नुपर्ने बताइन् ।

भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले ७ वटा समस्या औंल्याएकी छिन् । उनी भन्छिन्, ‘इसीडी शिक्षकहरूको भविष्य के ?, उमेर छँदासम्म दुःख गर्ने अनि हात लाग्यो शून्य, हात चल्दासम्म चलाउने, जानेबेला हात शून्य, अरूले सञ्चयकोष पाउँछन्, इसीडी शून्य, बिरामी बिदा सञ्चय शून्य, विद्यालयमा शिक्षक मान्यता शून्य र अरूका लागि दरबन्दी हुन्छन्, इसीडी शून्य ।’

उनले सम्पूर्ण इसीडी शिक्षक र सरोकारवालाहरूलाई लक्षित गर्दै तलबको पछिमात्र नभई भविष्य सुनिश्चित हुनेगरी अब आन्दोलन गर्नुपने बताइन् ।

यो पनि…
विद्यार्थी भर्नाबारे केन्द्रले दियो यस्तो निर्देशन [पत्रसहित]
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested