English

इसीडी शिक्षकको आह्वान– आन्दोलनका एजेन्डा बदलौं



प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) सोनु राना मगर ढुङ्गेलले सम्पूर्ण इसीडी शिक्षकहरू दरबन्दी र सबै सेवा सुविधासहितको पेसा सुनिश्चित बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छिन् ।

इसीडी शिक्षकहरूले संघीय सरकारले तोकेको न्यूनतम तलब पाउनुपर्छ भन्दै आवाज बुलन्द पारिरहेका बेला शिक्षक सोनुले मंगलबार फरक एजेन्डा उठाउँदै सबैलाई आह्वान गरेकी हुन् ।

हाल सुनसरीस्थित इनरुवा नगरपालिकाको सामुदायिक विद्यालयमा शिक्षकको भूमिका निर्वाह गरिरहेकी सोनुले केवल तलबका लागि मात्र नभई दरबन्दी र सम्पूर्ण सुविधासहितको १०–४ को पेसा सुनिश्चित गर्नुपर्ने बताइन् ।

भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले ७ वटा समस्या औंल्याएकी छिन् । उनी भन्छिन्, ‘इसीडी शिक्षकहरूको भविष्य के ?, उमेर छँदासम्म दुःख गर्ने अनि हात लाग्यो शून्य, हात चल्दासम्म चलाउने, जानेबेला हात शून्य, अरूले सञ्चयकोष पाउँछन्, इसीडी शून्य, बिरामी बिदा सञ्चय शून्य, विद्यालयमा शिक्षक मान्यता शून्य र अरूका लागि दरबन्दी हुन्छन्, इसीडी शून्य ।’

उनले सम्पूर्ण इसीडी शिक्षक र सरोकारवालाहरूलाई लक्षित गर्दै तलबको पछिमात्र नभई भविष्य सुनिश्चित हुनेगरी अब आन्दोलन गर्नुपने बताइन् ।

यो पनि…
विद्यार्थी भर्नाबारे केन्द्रले दियो यस्तो निर्देशन [पत्रसहित]
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,