English

नेप्सेमा ठूलो पहिरो

सेयरमा चैत मसान्तको प्रभाव


नेप्सेमा बुधबार ठूलै अंकको गिरावट आएको छ । मंगलबार सूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा अडिएको छ । २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । २ कम्पनीको सेयर भाउमा सर्किट ब्रेकर लागेको छ । प्राविधिक विश्लेषकहरुले यसअघि २४८० देखि २५०० सयको विन्दुमा नेप्सेको दह्रो सपोर्ट रहेको बताएका थिए । तर नेप्से सूचक यी विन्दुहरुका बीचमा पनि अडिन नसकेपछि बुधबार ठूलो अंकको गिरावट आएको हो ।

चैत मसान्तको प्रभावले पनि बजारलाई घटाएको कतिपयको भनाई छ । मसान्तमा बैंकको साँवा र ब्याज तिर्नुपर्ने तथा यही बेला राज्यलाई कर तिर्नुपर्ने भएकाले पनि सेलिङ प्रेसर देखिएको अनुमान गरिएको छ । कर तिर्नुपर्ने भएकाले पनि वित्तीय प्रणालीमा तरलता दबाबको थप सामाना गर्नुपर्ने हुन सक्छ । निरन्तर घटिरहँदा बजारमा सेयर भाउ भने निकै सस्तो भइसकेको छ ।

वित्तीय प्रणालीमा तरलता अभाव, चर्को ब्याजदरको प्रभाव थेग्दै आएको बजारमा अहिले चैत मसान्तको पनि प्रभाव परेको हो । तर नेप्सेमा उच्च गिरावट सुरु भएकाले सुक्ष्म रुपमा क्रेताहरु छिरिरहेको अनुमान गर्न सकिन्छ । घटेका बेला किन्ने र बढेका बेला बेच्ने रणनीति गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

नेप्से अब करेक्सनको करिब–करिब अन्तिम चरणमा आइसकेको कतिपय विश्लेषकहरुको भनाई रहेको छ । करिब ८ महिना बजार करेक्सन फेजमा गइसकेको छ । यसबीचमा ब्लुचीप कम्पनीहरुको भाउ पनि बेस्सरी घटिसकेको अवस्था छ । आधारभूत पक्षहरुलाई हेर्दा पनि अब मूल्यगत आधारमा हेर्दा पनि भाउ अब खासै धेरै तल झर्न सक्ने अवस्था देखिंदैन।

नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालु आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा चैत मसान्तको प्रेसर साम्य भएपछि बजारले गति लिने विश्लेषकहरुको अनुमान रहेको छ ।

सेयर बजारको सिजन सुरु हुँदैछ । वैशाख लागेपछि सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पनि आउन थाल्नेछ । निर्वाचनको मिति नजिकिंदैछ । नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालु आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा चैत मसान्तको प्रेसर साम्य भएपछि बजारले गति लिने विश्लेषकहरुको अनुमान रहेको छ ।

बजारमा यस्ता तर्कवितर्कहरु भइरहँदा आम लगानीकर्ताले भने आफ्नै हिसाबले लगानी रणनीति तय गर्नुपर्ने हुन्छ । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानको निकै ठूलो भूमिका रहने गर्छ । यसर्थ, लगानीकर्ताको सकारात्मक मनोभावना विकास गराउनका लागि नीतिनिर्माता र नियामकहरुले काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।

बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।

यस दिन २२८ कम्पनीको ५८ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । होटेल तथा पर्यटनबाहेक सबै समूहका सूचक घटेका छन् । ९ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

यो पनि
आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ
दोहोरो अंकले घट्यो सेयर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested