पानीको हाहाकार !



“लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, दुई महीनादेखि लिफ्टिङ पानीको मेसिनसमेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पुर्याउने भन्ने चिन्ता छ”, पोखरा महानगरपालिका– ३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भने । लामो समयदेखिको खडेरीले यतिखेर यहाँका स्थानीयवासी पानीको चरम समस्या झेल्दै आएका छन् ।

पिउने पानीका साथै गाईबस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासीको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टिङमार्फत गाउँमा पानी वितरण हुँदै आएकामा दुई महीनायता मेसिनसमेत बिग्रिएपछि दैनिकी सञ्चालनमा नै समस्या आएको हो । करीब १३० घरधुरीले उपयोग गर्दै आएको लिफ्टिङ पानी सञ्चालन नहुनुका साथै वरपरका कुवा तथा पँधेरामा पनि पानी सुकेपछि एक गाग्री पानीका लागि घण्टौँ कुनुपर्ने बाध्यता छ ।

पिउने पानीका साथै गाईबस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयवासीले बताएका छन् । पौडेलका अनुसार खुर्वादी हुडिकोट लिफ्टिङ सञ्चालन नहुँदा आसपासका कटुजे, ओख्ले, खुर्वादी, कल्स्याङ्दीलगायतका स्थानमा पुगी यहाँका स्थानीयवासीले गाग्रीमा बोकेर पानी ल्याउने गर्दछन् । ती प्राकृतिक जलाशयमा पनि खडेरीले पानी सुक्दै गएपछि आफूहरू चरम समस्या समस्यामा परेको उनले बताए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

शुक्रबार साँझ काठमाडौं दरबारमार्गस्थित दरबार सिनेप्लेक्समा चलचित्र ‘ह्यारी की प्यारी’ को विशेष प्रर्दशनका बखत खिचिएका तस्बिरहरु । कार्यक्रममा मनिषा कोइराला,

राजधानीको माइतीघरमा सोमबार निर्मला कुर्मीका न्यायका लागि बृहत नागरिक आन्दोलन अन्तर्गत विरोध प्रदर्शन गर्ने क्रममा शिल्पी थिएटरद्वारा सडक नाटक समेत

काठमाण्डौस्थित स्टुडियो थिएटरमा पौष २९ गते देखि नाटक देउराली डाँडीको मन्चन सुरु भएको छ । एक्टर्स स्टुडियोको सहकार्यमा वान वल्र्ड

भाषा, पर्व र संस्कृति समुदायको पहिचानसँग गाँसिएकाले राज्यबाटै यसको जर्गेना हुनुपर्ने बताउँदै बूढानिलकण्ठ नगरपालिका ले यसवर्षको सोनाम ल्होसार भव्यतापूर्वक मनाउने