English

पसिनाको दुर्गन्ध यसरी हटाउनुहोस्



गर्मी मौसममा पसिना आउनु सामान्य कुरा हो तर पसिनाबाट आउने दुर्गन्धले भने समस्या निम्त्याउँछ । कहिलेकाहीँ खुट्टा, हत्केला र अन्डरआर्मबाट आएको पसिनाको दुर्गन्धले तपाईंलाई अरूसामु लाजमर्दो बनाउँछ । केही मानिसहरू थोरै गर्मी पनि सहन सक्दैनन् । त्यसैले यस समस्याबाट छुटकारा पाउने उपाय यस प्रकार छ :

चन्दन
शरीरको दुर्गन्ध हटाउन चन्दन प्रभावकारी हुन्छ । यसले पसिना आउने ब्याक्टेरियालाई मार्छ । चन्दनको लेप बनाएर लगाउनाले शरीरबाट पसिनाको दुर्गन्ध हट्नुको साथै पसिना आउन पनि कम गर्छ । जहाँबाट दुर्गन्ध आउँछ त्यहाँ चन्दनको लेप लगाउन सकिन्छ । यसो गर्दा पसिनाको दुर्गन्धको साथै पसिना आउन पनि कम हुन्छ ।

पुदिना
पुदिनामा धेरै औषधीय गुणहरू हुन्छ । दैनिक नुहाउने पानीमा पुदिनाको पात मिसाउँदा शरीरमा पसिनाको दुर्गन्ध आउँदैन र शरीर स्फूर्ति पनि हुन्छ । पुदिनाले शीतलता प्रदान गर्ने भएकोले यसको सेवन पनि गर्न सकिन्छ । यसको लेप बनाएर अत्यधिक पसिना आउने ठाउँमा लगाउँदा दुर्गन्ध हट्छ ।

गुलाब जल
नुहाउने पानीमा गुलाबजल मिसाएर नुहाउँदा पसिनाबाट आउने दुर्गन्धबाट छुटकारा मिल्छ । धेरै पसिना आउने ठाउँमा गुलाबजल लगाउँदा दुर्गन्ध हट्छ । गुलाब जल छालाको लागि पनि फाइदाजनक हुन्छ ।

नीमको पात
नीमले पसिनाको दुर्गन्धबाट छुटकारा दिलाउनुका साथै ब्याक्टेरियालाई पनि मार्छ । यसका लागि नीमलाई पानीमा उमालेर त्यही पानीले नुहाउने । यसो गर्दा पसिनाको दुर्गन्ध हट्छ ।

जेठी मधु र खसखस
आयुर्वेदिक रूपमा एकदमै धेरै प्रयोग हुने जडीबुटी जेठी मधु र खसखस पनि शरीरबाट पसिनाको दुर्गन्ध हटाउन लाभदायक हुन्छ । जेठी मधु र खसखसलाई पिसेर यसको लेप बनाएर अत्यधिक पसिना आउने ठाउँमा लगाउँदा यसले पसिनाको दुर्गन्धलाई हताउँछ ।

यो पनि…
बिहान सबेरै उठ्ने र दिनभर ऊर्जावान् रहने ५ उपाय

दूध र दहीको सेवन कति फाइदाजनक ?
महिलाले बिहान खानुहोस् यी चिज



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested