English

अस्ट्रेलियालाई सातौंपटक महिला विश्वकपको उपाधि 



इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक एकदिवसीय महिला विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले अपराजित रहँदै सन् २०२२ को उपाधि जित्न सफल भएको हो ।

यसअघि, उसले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ उपाधि जितेको थियो । 

अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२ ओभर चार बलमा सबै विकेट गुमाउँदै २८५ रनमा समेटियो । इंग्ल्यान्डकी नाट सेभरले सर्वाधिक १४८ रन बनाइन् । अस्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले सर्वाधिक तीन विकेट लिए । 

त्यसअघि न्युजिल्यान्डको क्राइस्ट चर्चमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धाारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५६ रन बनाएको थियो । 

ओपनर हेलीले १७० रन बनाइन् । यस्तै राहेल हेन्सले ६८ रनको योगदान गरिन् । इंग्ल्यान्डका अन्या श्रुब्सोले सर्वाधिक तीन विकेट लिइन् ।

यो पनि
सिटी र लिभरपुलको जित, चेल्सी पराजित
आइपिएल : राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हरायो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested