English

सिटी र लिभरपुलको जित, चेल्सी पराजित



इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार बेहोरेको छ ।

सिटीले बर्नलीलाई २-० अन्तरले हरायो । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । २५औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले नै हरायो । लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले समान एक–एक गोल गरे ।

२२औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिए । ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

अर्को खेलमा भने चेल्सी अप्रत्याशित नतिजा पायो । उसलाई घरेलु मैदानमै ब्रेन्टफोर्डले ४-१ अन्तरले हरायो । ४८औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए ।

खेलको ५४औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६०औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । ३० खेल खेलेको सिटी ७३ अंक सहित शीर्ष स्थानमा छ । ७२ अंकको लिभरपुल दोस्रो स्थानमा रहदा ५९ अंकको चेल्सी तेस्रो स्थानमा छ ।

यो पनि…
आइपिएल : राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हरायो

विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested