English

प्राविधिक औजार बनाउँदै गण्डकी विश्वविद्यालय



गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो ।

यसका लागि आविष्कार केन्द्रसँग सम्झौता गरिसकेकाे छ । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

केही समयभित्रै ६ थरीका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका राजिष्ट्रार डा. कैलाश तिमिल्सीनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भइसकेको छ । ‘साढे दुई करोडका सामान ल्याइसक्यौं । धेरै औजार खरिद प्रक्रियामा छन्,’ उनले भने, ‘हाम्रो जोड आविष्कारमा हो । पढाइसँगै प्रविधिसँग हिँडाउने विश्वविद्यालयको प्रयास छ ।’ ७० वटा औजार खरिद प्रक्रियामा रहेको उनले बताए ।

गण्डकी आफैँले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ ।

प्रदेशको आवश्यकता अनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए । गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ ।

अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेन्टसहित, फार्मेसी र आइटीको पढाइ शुरु भएको छ । बीबीए र बीएएलएलबीको कार्यक्रम शुरु गर्न लागिएको कुलपति गुरुङले बताए । नेपालमै पहिलोपटक प्रदेश सरकारले विश्वविद्यालय सञ्चालन गरेको हो । छिटै मेडिकल कलेज सञ्चालनमा ल्याउन लागिएको गुरुङको भनाइ छ ।

यो पनि
नेपालमै बन्यो भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकैपटक हजारौँ फोनमा ‘भ्वाइस एसएमएस’
‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउँदै पेन्टागन



सम्बन्धित खबरहरु

अनलाईनका माध्यमहरूमा देखा परेका, प्रलोभनमा पार्ने खालका पोष्टहरूको पछि नलागि,आफुले प्रयोग गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आधिकारीक पेज, वेबसाईटबाट मात्र

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो

मिति २०८२।०५।०९ गतेका बेलुकी करिब १७:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ४ शान्तिकुना मार्ग स्थितमा अनलाइन जुवा (सट्टावाजी

Latest










Popular
Suggested