English

यो शहरमा ७० वर्षयता मानिस नमर्नुको रहस्य यस्तो



संसारमा यस्ता धेरै अनौठो ठाउँहरू छन् जुन मानिसहरूले विश्वास गर्न गाह्रो हुन्छ । एउटा यस्तो अनौठो ठाउँ छ जहाँ ७० वर्षसम्म कुनै पनि मानिसको मृत्यु भएको छैन ।

यो सुन्दा अनौठो लाग्न सक्छ । तर, यो सत्य हो । यो अनौठो ठाउँमा ७० वर्षसम्म कसैको पनि मृत्यु भएको छैन यो अनौठो ठाउँ नर्वेमा छ । यहाँ धेरै सुन्दर ठाउँहरू छन, जसको कारण विश्वको प्रसिद्ध पर्यटक स्थलहरूमा समावेश छ । नर्वेको यो ठाउँको नाम ‘लङ इरबेन’ हो । यो ठाउँमा कोही मर्दैनन् ।

छ यस्तो कारण

नर्वेलाई मिडनाइट सन पनि भनिन्छ । यहाँ मे महिनादेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यहाँ ७६ दिन लगातार दिन हुन्छ, रात हुँदैन । लङ इरबेनमा यहाँको प्रशासनले कानुन बनाएको छ, जसका कारण यहाँ मानिस मर्न सक्दैनन् ।

नर्वेको उत्तरी ध्रुवमा अवस्थित लङ इरबेनमा वर्षैभरि अत्यधिक चिसो हुन्छ, जसका कारण यहाँ शव कुहिँदैन । यहाँको प्रशासनले मानिस मर्न प्रतिबन्ध लगाएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने यो सहरमा ७० वर्षदेखि कोही पनि मरेका छैनन् ।

Longer

यस सहरको जनसङ्ख्या करिब २००० छ । यहाँ कोही बिरामी परेमा विमानबाट अर्को ठाउँमा लगिन्छ । त्यसपछि सोही ठाउँमा मृत्युपछि त्यस व्यक्तिको अन्तिम संस्कार गरिन्छ ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,