English

सुझाव पेटिका हप्तैपिच्छे खोल्न थालेपछि सबै शिक्षक-विद्यार्थी सतर्क



घरबाट विद्यालय गएकी १५ वर्षीया सरला (नाम परिवर्तन) एक युवकसँग एकान्तमा बसिरहेको उनकी साथीले देखेकी थिइन् । विद्यालय पुगेर पनि दोस्रो पिरियडमै उनी घरमा काम छ भन्दै बाहिरिएकी थिइन् । तर, उनी घर नगई एक किलोमिटर परको परालको टौवामा भारतीय एक युवकसँगै बसिरहेकी थिइन् ।

ती युवक मामाघर आएका थिए । उनले दुई सातादेखि सरलासँग प्रेमजाल बुन्दै आएका थिए । प्रलोभन देखाउँदै उनले बालिकामाथि गलत दृष्टि राखेका रहेछन् । सरलामाथि भएको गतिविधि देख्ने साथीले विद्यालयमा रहेको सुझाव पेटिकामार्फत यो जानकारी विद्यालयलाई गराएका हुन् ।

विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक (फोकल शिक्षक) र प्रधानाध्यापकको पहलमा सुझाव पेटिकामा आएका गुनासोलाई उच्च महत्त्व दिएर विद्यालयले तुरुन्तै सम्बोधन गरेपछि सरला भारतीय युवकको चंगुलबाट मुक्त भएकी थिइन् ।

सरले कक्षामा केटीलाई जिस्काउने, केटीको ढाडमा मुसारेर पिट्ने समेत गरेको गुनसो आउँछन् ।

बालबालिका जोखिममा पर्न लागेको जानकारी पाएलगत्तै अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको यो विद्यालयले जनाएको छ । सरला मात्रै होइन विद्यालयमा राखिएका सुझाव पेटिकाले धेरै बालबालिका दुर्व्यवहार तथा हिंसाका घटनाबाट जोगिन थालेका छन् ।

‘सरले कक्षामा केटीलाई जिस्काउने, केटीको ढाडमा मुसारेर पिट्ने समेत गरेको गुनसो आउँछन्,’ एक शिक्षकले भने । विद्यालयले घटनालाई गम्भीरताको साथ अनुसन्धान गर्न थालेपछि यस्ता गलत व्यवहार रोकिएको छ ।

सुझाव पेटिकामा शिक्षक को व्यवहार विरुद्ध विद्यार्थीले गरेको गुनासो ।

जिल्लाको एक विद्यालयमा रहेको गुनासो अभिलेख पुस्तिकामा रहेको अर्काे घटना यस्तो रहेको छ ।
– रमिता र प्रमिला (नाम परिवर्तन) विद्यालयबाहिर गएर केटाहरूलाई भेट्ने गर्छन्, सीसीटीभी क्यामेरा खोलेर हेर्न सकिन्छ ।
– कक्षा १० (ए) का राम र विनिता (नाम परिवर्तन)माथि हलमा नराम्रो क्रियाकलाप गर्छन्, अरू विद्यार्थी जाँदा कविताले बाटो छेक्ने र ढोका बन्द गरी बस्छन् । अन्य विद्यार्थीलाई समेत नराम्रो असर परेको छ ।

गुनासो आएपछि सम्बन्धित विद्यार्थी, अभिभावक र गुनासो सुनुवाइ समिति मिलेर छलफल गरेका थिए । छलफलपछि बालबालिकाहरूले त्यस्ता क्रियाकलाप बन्द गरेको अभिलेखमा उल्लेख छ ।

शुद्धोधन गाउँपालिकाको पूर्णकेशरी मावि बग्दीमा सुझाव पेटिका प्रयोगपछि विद्यार्थीहरूका समस्या समाधान गर्न सहज भएको प्रअ लीला खनालले बताउँछिन् । सुझाव पेटिका साप्ताहिक रूपमा खोल्न लागेपछि बालबालिकाले उजुरी दिन थालेका हुन् ।

बालबालिकाको गुनासो गोपनीयताका साथ सुनुवाइ भएको कारणले निर्धक्क भएर मौखिक र लिखित (उजुरी पेटिकामा) रूपमा गुनासो आउने गरेको छ । सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्बन्धित विद्यार्थी, उनका अभिभावक, गुनासो सुनुवाइ समितिसमेत बसेर समाधान गरेको फोकल शिक्षक शान्ता अर्याल बताउँछिन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको सरस्वती मा।वि।मा राखिएको सुझाव पेटिका ।

समयमै गुनासोको सुनुवाइ गर्दा हिंसाको जोखिमबाट मुक्त भएका विद्यालयको पूर्वछात्राले अझै पनि स्मरण गर्दै धन्यवाद दिने गरेको अर्यालले बताइन् ।

शुद्धोधनकै ठूलो नन्दन माविका फोकल शिक्षक सुनीता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाइ छाडेका बालिकालाई विद्यालयमा भर्ना गराउन सफल भएको बताइन् ।

शिवराज नगरपालिका– ९ बानियाँभारमा सुझाव पेटिका प्रयोगको कारण विद्यालयमा सुधार आएको प्रअ विक्रम केसी बताउँछन् । २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै सुझाव पेटिका राखिएको थियो । तर, त्यो बेला कसरी खोल्ने, समस्या समाधान गर्ने भन्ने विषयमा जानकारी भने थिएन ।

गत वर्ष युनिसेफ नेपाल र एजुकेसन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि बारे प्रशिक्षण गरिएको थियो । एजुकेसन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्रअ र फोकल शिक्षकलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्नेबारे जानकारी भएको प्रअ केसीले बताए ।

शिक्षकलाई सीधै भन्न नसकिने, पढाइ नभएका, शिक्षकले गरेका कमी कमजोरी गुनासो पेटिकामा हाल्न लागेपछि शिक्षकको व्यवहारमा समेत परिवर्तन भएको छ ।

गुनासो सुनुवाइ समितिमा बाल क्लबबाट एक बालिकासहित दुई जनाको प्रतिनिधित्व हुन्छ । विद्यालयमा अहिले दुई स्थानमा गुनासो पेटिका राखिएको छ । त्यसमध्ये एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा राखिएको छ । ‘गुनासो पेटिका राख्दा कार्यालय अगाडि राख्न नहुने र कर्मचारीको नजर पर्ने ठाउँमा राख्न नहुने रैछ ।

कपिलवस्तुको पूर्ण केशर मा।वि।मा राखिएको सुझाव पेटिका खोल्दै शिक्षक र बाल क्लबका प्रतिनिधि ।

शिक्षक एक्लैले खोल्न नहुने रैछ । हरेक साता खोल्नुपर्ने र गोपनीयता कायम गर्नुपर्ने रहेछ । तालिमपछि थाहा भयो,’ प्रअ केसीले भने । ‘शिक्षकलाई सीधै भन्न नसकिने, पढाइ नभएका, शिक्षकले गरेका कमी कमजोरी गुनासो पेटिकामा हाल्न लागेपछि शिक्षकको व्यवहारमा समेत परिवर्तन भएको छ ।’ सरस्वती मावि सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीले भनिन् ।

सुझाव पेटिका खोल्दा विद्यार्थीसमेत सहभागी हुने र समस्या सुनुवाइ हुने गरेको कक्षा ९ मा अध्ययनरत सचिवकुमार आले बताउँछन् ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधिअनुसार पालिकाहरूले आफ्ना विद्यालयमा कार्यान्वयनमा ल्याउँदा बालबालिकाहरू लाभान्वित हुन थालेको र विद्यालयका सुरक्षित रूपमा गुणस्तरीय शिक्षा पाउने बालबालिकाको अधिकारमा सघाउ पुगेको एजुकेसनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले बताए ।

यो पनि…
छनोट गरियो १४० विद्यालय, कारण यस्तो छ [नामसहित]

१७ हजार स्थायी शिक्षकका लागि कहाँ-कहाँ हुँदैछ परीक्षा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र