English

छोराको आसमा आठ छोरी



छायाँनाथ रारा नगरपालिका–१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमतीभन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूको विवाह भएको दुई दशकभन्दा बढी भयो । यो बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् ।

उनीहरूले रेडियो, टिभीमा बज्ने ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने विज्ञापन नसुनेका पनि होइनन् । थोरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएको पनि होइन । तर, छिमेकी र समाजले ‘छोरा नभएको’ भनेको सुन्नबाट बच्न उनले आठ छोरी पाइसकेका छन् । उनीहरू अझै पनि छोरा पाउने आशमा छन् ।

सानै उमेरमा विवाह गरेका रन्न अर्काे वर्ष बाबु बनिहाले । त्यसयता हरेक डेढ दुई वर्षमा उनी बाबु बनिरहेका छन् । रन्नकी श्रीमती पनि छोराकै आसमा छिन् । छोरा भए बुढेसकालमा सुख पाइने, अर्काे जन्म पनि सफल हुने अन्धविश्वास ग्रामीण क्षेत्रमा अझै छ । यही अन्धविश्वाको शिकार बनिरहेका छन रन्न दम्पती ।

वर्षेनि जस्तो परिवारमा खाने मुख र पेट बढ्ने, तर आम्दानीको स्रोत जस्ताको तस्तै हुँदा उनीहरू संकटमा छन् । पोषणयुक्त खानपान नहुँदा आमा र छोरीहरू कमजोर छन् । अहिले उनीहरूको साथमा सात छोरी छन् । एउटी छोरी जन्मनेबित्तिकै बेतेका उनीहरू बताउँछन् ।

उनीहरूको जेठी छोरी २० वर्षकी भइन् भने कान्छी तीन वर्षकी छिन् । जेठी छोरीको विवाहवारी भई दुई सन्तानसम्म पाइसकेकी छिन् । उनले दुई छोरी पाइसकेकी छिन् । उनी पनि अहिले माइतीमै छिन् ।

यी दम्पतीले छोराको आसमा के मात्रै गरेनन ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्योतिषसँग मन्त्र जपाए । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको रन्न बताए ।

उनले छोरीहरूलाई शिक्षाबाट भने वञ्चित पारेका छैनन् । घर नजिकैको विद्यालयमा छोरीहरूलाई पढ्न भने पठाउँछन् । उनको घर चलाउने मुख्य पेसा भेडा व्यवसाय हो । त्यही भेडा पालनबाट घर खर्च र परिवारको लालनपालनमा भइसकेको उनले बताए ।

यो पनि…
भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू
बस्नेतको ‘महाभारा’ सार्वजनिक, छोरीले गरिन् लोकार्पण



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

काठमाडौँ, माघ ६, २०८२ (जनवरी १९, २०२६)ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested