English

छोराको आसमा आठ छोरी



छायाँनाथ रारा नगरपालिका–१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमतीभन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूको विवाह भएको दुई दशकभन्दा बढी भयो । यो बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् ।

उनीहरूले रेडियो, टिभीमा बज्ने ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने विज्ञापन नसुनेका पनि होइनन् । थोरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएको पनि होइन । तर, छिमेकी र समाजले ‘छोरा नभएको’ भनेको सुन्नबाट बच्न उनले आठ छोरी पाइसकेका छन् । उनीहरू अझै पनि छोरा पाउने आशमा छन् ।

सानै उमेरमा विवाह गरेका रन्न अर्काे वर्ष बाबु बनिहाले । त्यसयता हरेक डेढ दुई वर्षमा उनी बाबु बनिरहेका छन् । रन्नकी श्रीमती पनि छोराकै आसमा छिन् । छोरा भए बुढेसकालमा सुख पाइने, अर्काे जन्म पनि सफल हुने अन्धविश्वास ग्रामीण क्षेत्रमा अझै छ । यही अन्धविश्वाको शिकार बनिरहेका छन रन्न दम्पती ।

वर्षेनि जस्तो परिवारमा खाने मुख र पेट बढ्ने, तर आम्दानीको स्रोत जस्ताको तस्तै हुँदा उनीहरू संकटमा छन् । पोषणयुक्त खानपान नहुँदा आमा र छोरीहरू कमजोर छन् । अहिले उनीहरूको साथमा सात छोरी छन् । एउटी छोरी जन्मनेबित्तिकै बेतेका उनीहरू बताउँछन् ।

उनीहरूको जेठी छोरी २० वर्षकी भइन् भने कान्छी तीन वर्षकी छिन् । जेठी छोरीको विवाहवारी भई दुई सन्तानसम्म पाइसकेकी छिन् । उनले दुई छोरी पाइसकेकी छिन् । उनी पनि अहिले माइतीमै छिन् ।

यी दम्पतीले छोराको आसमा के मात्रै गरेनन ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्योतिषसँग मन्त्र जपाए । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको रन्न बताए ।

उनले छोरीहरूलाई शिक्षाबाट भने वञ्चित पारेका छैनन् । घर नजिकैको विद्यालयमा छोरीहरूलाई पढ्न भने पठाउँछन् । उनको घर चलाउने मुख्य पेसा भेडा व्यवसाय हो । त्यही भेडा पालनबाट घर खर्च र परिवारको लालनपालनमा भइसकेको उनले बताए ।

यो पनि…
भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू
बस्नेतको ‘महाभारा’ सार्वजनिक, छोरीले गरिन् लोकार्पण



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested