English

म्यादी प्रहरीले यस्ता सुविधा पाउने



आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरी हुनलाई तनहुँमा झन्डै तेब्बर बढीले आवदेन दिएका छन् ।

एक हजार २९२ म्यादी प्रहरीका लागि आवदेन माग गरिएको थियो । तर तीन हजार ४१८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक शिवराज क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार ६४५ महिला र दुई हजार ७७३ पुरुषले म्यादी प्रहरीमा आवेदन दिएका हुन् । ६ देखि ११ चैतसम्म जिल्ला प्रहरी कार्यालय दमौलीमा आवदेन लिइएको थियो ।

म्यादी प्रहरी छनोट प्रकृया मंगलबारदेखि सुरु प्रहरी नायव उपरिक्षक क्षेत्रीले बताए । उनले भने, ‘शारीरिक तन्दुरुस्ती, लिखित परीक्षा, अन्तर्वार्ता र स्वास्थ्य परीक्षण गरेर बल्ल छनोट गरिन्छ ।’ २२ चैतसम्म छनोट भएका म्यादी प्रहरीको नतिजा प्रकाशन हुनेछ । २८ चैतदेखि प्रशिक्षण दिन थालिनेछ ।

जिल्लामा म्यादी प्रहरी बन्न परेको तेब्बर बढीको आवेदनले नेपालमा बेरोजगारीको स्थिति प्रस्ट झल्काएको प्राध्यापक डा. ईश्वरचन्द्र वाग्ले बताउँछन् । म्यादीमा छनोट हुन दिएको आवदेनले युवाको आकर्षणभन्दा पनि बेरोजगारीको तथ्याङ्क उजागर गरेको उनको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा जानेहरुको पनि लर्को छ । एमए पढेका समेत म्यादी प्रहरीमा गएका छन् । यसले त नेपालका राजनीतिक दल र नेताहरूलाई सोच्न बाध्य बनाएको छ कसरी बेरोजगारीलाई रोजगारीमा बदल्ने भनेर’, उनी भन्छन्, ‘अब कसरी हुन्छ देशमा रोजगारीको अवसर सिर्जना गर्न लाग्नुपर्छ । उत्पादन बढाउनुपर्नेछ ।’

कोरोना महामारीलाई दोष दिएर नेताहरू उम्कन नमिल्ने वाग्लेको भनाइ छ । बेरोजगारीको समस्या भयवह भइरहेको बताउँदै उनले थपे, ‘बेरोजगारी बढेपछि हत्या हिंसा, चोरी डकैती बढाउँछ ।’

उद्योगधन्दा खोल्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याएर रोजागारीसँग जोड्ने योजना सरकारले बनाउनुपर्ने उनले बताए । ‘नेताहरू आफ्नै स्वार्थ मात्र हेरिरहेका छन् । भ्रष्टचारमा लिप्त भएको देख्छौँ’, उनले भने ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा भर्ना हुन पाउनेछन् । कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त रहेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

छनोट पार गरेर भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्नेछन् । प्रहरी जवानले पाउने तलब सुविधा म्यादी प्रहरीका लागि व्यवस्था गरिएको छ । ४० दिनको पारिश्रमिक ३० हजार २४० रूपैयाँ निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २०० रूपैयाँ, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रूपैयाँ र यातायात खर्चबापत एक हजार रूपैयाँका दरले पाउनेछन् । बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
यो पनि…
बैठक कांग्रेसको, चासो माओवादी र समाजवादीलाई

चुनाव बहिष्कार र प्रतिस्पर्धा नगर्ने नेकपाको निर्णय
स्थानीय निर्वाचनको संघारमा वाम एकताको बहस, कांग्रेस तरंगित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested