English

पाँचथरमा जीप दुर्घटना : ११ जना घाइते



पाँचथरको फिदिम–२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएको जानकारी दिए । 

सुनसरीको इहटरी उपमहानगरपालिका–५ कि उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता शिवा घाइते भएकी हुन् । 

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । सोही दुर्घटनामा परेर ४० वर्षीया सम्झना दर्जी, २९ वर्षीया सुजता शिवा, ४८ वर्षीया इन्द्रबहादुर कामी, झापाको अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय कमल राई, चाकल धनकुटाको हिलेका प्रकाश तामाङ पनि घाइते भएका छन् । 

उनीहरूको समर्पित अस्पताल फिदिममै उपचार भइरहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको उनीहरू सवार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । 

यो पनि
महाकालीमा ढुंगा निकाल्ने भारतीय जेसीबी नियन्त्रणमा

बेमौसमी पहिरोले त्रसित बस्ती


 



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested