English

पुष्प मेला : लक्ष्यभन्दा बढी कारोबार



जावलाखेलको खेल मैदानमा जारी २३औं पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् । मेलामा ८४ लाख ३० हजार रूपैयाँको कारोबार भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए । उक्त दिन २१ लाख ५० हजार रूपैयाँको कारोबार भएको थियो ।

चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए । उक्त दिन २७ लाख रूपैयाँको बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् । र, आज ३५ लाख ८० हजार रूपैयाँको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

शनिबार भएकाले अरू दिनको तुलनामा अवलोकनकर्ताको चाप रहेको उनले बताए । एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रूपैयाँको बराबरको कारोबार हुने लक्ष्य थियो ।

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए ।

यो पनि…
अन्तरदेशीय प्रसारण लाइन सरकारको उच्च प्राथमिकतामा
तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य
संयुक्त लगानीमा जलविद्युत् आयोजनाहरू बनाउन नेपाल र भारतबीच सहमति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

बुटवल, २ अक्टोबर २०२६ – टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर –

Latest










Popular
Suggested