English

सावित्रा भण्डारी ‘साम्बा’का फ्यान : हात छोड्नै नमान्नेदेखि डाँको छोडेर रुनेसम्म



सावित्रा भण्डारी (साम्बा) नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइगर । उनले नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन् । उनको गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसीयाली, जहिल्यै चर्चाको विषय रहन्छ ।

उनी आफूले खेलेको प्रतियोगितामा सधैँ सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन् । एक महिला भएर यसरी फुटबलमा सक्रिय सावित्रा धेरै महिलाको प्रेरणाको स्रोत हुन् । उनलाई माया गर्ने फ्यानहरूको सङ्ख्या पनि अत्यधिक छ । आफ्ना केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छिन् :

फ्लेक्स बनाएर उपहार दिने

करिब तीन वर्ष अघिको कुरा हो एकजना फ्यानले मलाई फोन गरेर बारम्बार भेट्न अनुरोध गरिरहनुभएको थियो । व्यस्तताको कारण मैले धेरैपटक उहाँलाई अस्वीकार गरे । धेरैपटक अनुरोध गरेपछि नकार्न नसकेर एकपटक उहाँलाई भेट्न बोलाए ।

मलाई देखेर उहाँ एकदमै खुसी हुनु भयो मेरो नजिक आएर ‘म तपाई को ठूलो फ्यान हुँ नि !’ भन्दै मेरो हातमा एउटा उपहार दिनुभयो । उहाँकै अगाडि मैले त्यो उपहार खोले । मेरो विषयमा सबै जनाकारी र मेरो फोटो राखेर उहाँले फ्लेक्स कार्ड बनाउनुभएको रहेछ ।

मलाई भेटेर डाको छोडेर रुने

खेलकै सिलसिलामा विराटनगर गएको थिएँ । त्यहाँ धेरै दर्शकहरू मेरो खेल हेरेर हात हल्लाउने, सिठ्ठी बजाउने गरिरहनुभएको थियो । त्यसै भिडमा एकजना फ्यान हुनुहुन्थ्यो जसले पटक–पटक हात हल्लाएर साम्बा–साम्बा भनिरहनुभएको थियो । खेल सकिएपछि म बाहिर निस्कन खोज्दै थिएँ ती फ्यान मेरो नजिक आउनुभयो र डाको छोडेर रुन थाल्नु भयो ।

के भयो तपाईँलाई भनेर ‘सोधे म तपाईँको ठूलो फ्यान हुँ भेट्न पाउँदा खुसीले रोएको’ भन्नुभयो । उहाँलाई पनि म सम्झिरहन्छु ।

हात समातेर छोड्नै नमान्ने

यो पनि त्यही ३ देखि ४ वर्ष अगाडिको कुरा हो खेल सकाएर खेल मैदानबाट बाहिर निस्कने क्रममा एक जना फ्यानले मेरो हात समात्नुभयो । मैले पनि सहज रूपमा लिए ।

धेरै भिड थियो हात छुट्टाएर म अगाडि बढ्न खोजिरहेको थिए तर, ती फ्यानले त मेरो हात नै छोड्नुभएन । म तपाईंको ठूलो फ्यान हुँ एक छिन् पख्नुस् न फोटो खिचौँ भनेर उहाँले मेरो हात समातेरै फोटो खिच्नुभयो । उहाँलाई पनि म कहिल्यै बिर्सन्न ।

म्यासेज गरेर हैरान बनाउने

धेरै समय अभ्यासमा व्यस्त हुने भएकोले सोसल मिडियामा धेरै समय दिन पाइँदैन । धेरै जनाले म तपाईंको बिग फ्यान भनेर म्यासेज गरिरहेका हुन्छन् । एक जना फ्यानले भने दिनमै १० पटक जति म्यासेज गर्नुहुन्थ्यो । खाना खानु भयो, खाजा खानुभयो, सञ्चै हुनुहुन्छ ?, म तपाईंको फ्यान भनेर धेरै म्यासेज गर्ने गर्नुहुन्थ्यो । म्यासेज हेर्दै नहेरेर वास्ता नगर्दा पनि उहाँले म्यासेज गरिरहनुहुन्थ्यो ।

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
‘बल्छी ध्रुवेका’ फ्यान : सिरियल हेरेर नेपाली बोल्नेदेखि फोटो राखेर केक काट्नेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र