English

सावित्रा भण्डारी ‘साम्बा’का फ्यान : हात छोड्नै नमान्नेदेखि डाँको छोडेर रुनेसम्म



सावित्रा भण्डारी (साम्बा) नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइगर । उनले नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन् । उनको गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसीयाली, जहिल्यै चर्चाको विषय रहन्छ ।

उनी आफूले खेलेको प्रतियोगितामा सधैँ सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन् । एक महिला भएर यसरी फुटबलमा सक्रिय सावित्रा धेरै महिलाको प्रेरणाको स्रोत हुन् । उनलाई माया गर्ने फ्यानहरूको सङ्ख्या पनि अत्यधिक छ । आफ्ना केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छिन् :

फ्लेक्स बनाएर उपहार दिने

करिब तीन वर्ष अघिको कुरा हो एकजना फ्यानले मलाई फोन गरेर बारम्बार भेट्न अनुरोध गरिरहनुभएको थियो । व्यस्तताको कारण मैले धेरैपटक उहाँलाई अस्वीकार गरे । धेरैपटक अनुरोध गरेपछि नकार्न नसकेर एकपटक उहाँलाई भेट्न बोलाए ।

मलाई देखेर उहाँ एकदमै खुसी हुनु भयो मेरो नजिक आएर ‘म तपाई को ठूलो फ्यान हुँ नि !’ भन्दै मेरो हातमा एउटा उपहार दिनुभयो । उहाँकै अगाडि मैले त्यो उपहार खोले । मेरो विषयमा सबै जनाकारी र मेरो फोटो राखेर उहाँले फ्लेक्स कार्ड बनाउनुभएको रहेछ ।

मलाई भेटेर डाको छोडेर रुने

खेलकै सिलसिलामा विराटनगर गएको थिएँ । त्यहाँ धेरै दर्शकहरू मेरो खेल हेरेर हात हल्लाउने, सिठ्ठी बजाउने गरिरहनुभएको थियो । त्यसै भिडमा एकजना फ्यान हुनुहुन्थ्यो जसले पटक–पटक हात हल्लाएर साम्बा–साम्बा भनिरहनुभएको थियो । खेल सकिएपछि म बाहिर निस्कन खोज्दै थिएँ ती फ्यान मेरो नजिक आउनुभयो र डाको छोडेर रुन थाल्नु भयो ।

के भयो तपाईँलाई भनेर ‘सोधे म तपाईँको ठूलो फ्यान हुँ भेट्न पाउँदा खुसीले रोएको’ भन्नुभयो । उहाँलाई पनि म सम्झिरहन्छु ।

हात समातेर छोड्नै नमान्ने

यो पनि त्यही ३ देखि ४ वर्ष अगाडिको कुरा हो खेल सकाएर खेल मैदानबाट बाहिर निस्कने क्रममा एक जना फ्यानले मेरो हात समात्नुभयो । मैले पनि सहज रूपमा लिए ।

धेरै भिड थियो हात छुट्टाएर म अगाडि बढ्न खोजिरहेको थिए तर, ती फ्यानले त मेरो हात नै छोड्नुभएन । म तपाईंको ठूलो फ्यान हुँ एक छिन् पख्नुस् न फोटो खिचौँ भनेर उहाँले मेरो हात समातेरै फोटो खिच्नुभयो । उहाँलाई पनि म कहिल्यै बिर्सन्न ।

म्यासेज गरेर हैरान बनाउने

धेरै समय अभ्यासमा व्यस्त हुने भएकोले सोसल मिडियामा धेरै समय दिन पाइँदैन । धेरै जनाले म तपाईंको बिग फ्यान भनेर म्यासेज गरिरहेका हुन्छन् । एक जना फ्यानले भने दिनमै १० पटक जति म्यासेज गर्नुहुन्थ्यो । खाना खानु भयो, खाजा खानुभयो, सञ्चै हुनुहुन्छ ?, म तपाईंको फ्यान भनेर धेरै म्यासेज गर्ने गर्नुहुन्थ्यो । म्यासेज हेर्दै नहेरेर वास्ता नगर्दा पनि उहाँले म्यासेज गरिरहनुहुन्थ्यो ।

यो पनि
भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म
‘बल्छी ध्रुवेका’ फ्यान : सिरियल हेरेर नेपाली बोल्नेदेखि फोटो राखेर केक काट्नेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested