English

यात्रुवाहक बस पल्टिँदा ३८ जना घाइते



पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबहाक बस बिहान करिब ९ः२० बजेतरि अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरूको अवस्था सामान्य छ । बस चालकसहित ६ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ ।

पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उनले बताए ।

सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको उनले जानकारी दिए ।

यो पनि
सडक दुर्घटना : राष्ट्रिय लक्ष्य एकातिर, सरकारको ध्यान अर्कोतिर
संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाकाे मृत्यु भएको पुष्टि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested