English

मिर्गौला झिक्नका लागि जब होटलमा राखियो…



‘तपाईंहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मिर्गौला हुन्छन् । एउटा मिर्गौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख हात पर्छ ।’ उक्त कुरा सुनेपछि दुई पीडितले आफ्नो एउटा मिर्गौला बेच्न तयार भए ।

त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मिर्गौला दिन तयार भए । त्यसबापत आठ लाख रुपैयाँ पाउनुपर्ने सर्त अघि सारे । लिने र दिने दुवै पक्ष तयार भएपछि उनीहरूलाई काठमाडौंको माछापोखरीस्थित होटल न्यु दक्षिणकालीमा राखियो । होटलमा राखेर मिर्गौला बिक्री गर्न लागिएको भन्ने लागेपछि दुवै पीडितले प्रहरीलाई खबर गरे ।

यसरी ललाई-फकाई, आर्थिक प्रलोभन देखाई मिर्गौला झिक्न भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने सूचना प्रहरीले पायो । त्यसपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली खटियो ।

यसरी ललाई-फकाई, आर्थिक प्रलोभन देखाई मिर्गौला झिक्न भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने सूचना प्रहरीले पायो । त्यसपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली खटियो ।

प्रहरी टोलीले न्यु दक्षिणकाली होटलबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं-४ बस्ने ३९ वर्षीय मोती लामालाई पक्राउ गर्‍याे । उनले बन्धक बनाएर राखेका दुई पीडितको समेत प्रहरीले उद्धार गर्‍यो । भारत लगेर मिर्गौला बेच्ने खोज्ने लामालाई प्रहरीले १६ फागुन राति पक्राउ गरेको थियो ।

पक्राउ परेका लामालाई थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको थुनछेक बहसपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कसरी संलग्न हुन्छन् तस्कर

विशेष गरी नेपालीहरुको मिर्गौला तस्करी नेपालमा भन्दा भारतमा बढी हुन्छ । आर्थिक प्रलोभन देखाएर सुखा सीमानको फाइदा उठाउँदै तस्करहरुले नेपालीहरुलाई ललाइफकाई गरेर भारत पुर्‍याई मिर्गौंला बेचबिखन गर्ने गरेका छन् ।

शुरुमा भारतमा रहेको गिरोहले मिर्गौला आवश्यक परेको बिरामीका आफन्तसँग रकमको बार्गेनिङ गर्छन् । रकममा कुरा मिलेपछि चिकित्सकको सल्लाहमा ब्लड ग्रुप लगायत विवरण नेपालमा रहेका त्यही गिरोहका सदस्यलाई पठाइन्छ । सोही अनुरुप नेपालमा रहेका गिरोहका सदस्यले मिर्गौलाको खोजी गर्छन् ।’

खोजेबमोजिम मिर्गौला दिने व्यक्ति भेटेपछि उसलाई पैसाको प्रलोभन देखाएर बिरामीको आफन्त बनाउने खेल शुरु हुन्छन् । योजना अनुरुप नक्कली विवरण तयार हुन्छ र गिरोहका सदस्यहरु प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालय पुग्ने गरेको पाइन्छ ।

तस्करहरुको टार्गेटमा मुख्यगरी गरिवीको समस्याले पिल्सिएका, असिक्षित तथा सोझासाझा नेपालीहरु पर्छन् । खोजेबमोजिम मिर्गौला दिने व्यक्ति भेटेपछि उसलाई पैसाको प्रलोभन देखाएर बिरामीको आफन्त बनाउने खेल शुरु हुन्छन् । योजना अनुरुप नक्कली विवरण तयार हुन्छ र गिरोहका सदस्यहरु प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालय पुग्ने गरेको पाइन्छ ।

जानकारहरुका अनुसार गिरोहका सदस्यले मन्त्रालयका केही कर्मचारी सँग सेटिङ मिलाउँछन् र कागजपत्र तयार गर्छन् । सोही आधारमा भारतमा पुर्‍याएर मिर्गौला निकाल्ने काम हुन्छ । यस्ता गिरोहहरुले गरिबबाट मिर्गौला खरिद गर्ने र धनीलाई खरिद रकम भन्दा १० गुणा सम्म बढीमा बेचबिखन गर्ने गर्दछन् ।

पछिल्लो वर्ष मिर्गौला तस्करी कहालीलाग्दो रूपमा बढेको छ बेच्नेहरू पिन यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही कमी आएको देखिन्थ्यो ।

पछिल्लो वर्ष मिर्गौला तस्करी कहालीलाग्दो रूपमा बढेको छ बेच्नेहरू पिन यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही कमी आएको देखिन्थ्यो । तर, काभ्रेमा यही वर्ष मिर्गौला तस्करीका दुई घटना सार्वजनिक भएपछि फेरि माैलाएको आशंका उब्जिएको छ ।

के छ ऐनमा

मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसार–पसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना सजाय हुनेछ ।

मिर्गौला तस्करीमा संलग्नलाई मानव बेचबिखन तथा ओसार–पसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने पनि कानुनी व्यवस्था छ ।

पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने पनि कानुनी व्यवस्था छ ।

नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ को संशोधन २०७२ मा नाता पर्ने प्रायः सबैले अङ्गदान गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त ऐनले दुई वा दुईभन्दा बढी परिवारमा अङ्ग साटासाट गर्न सकिने व्यवस्था पनि गरेको छ ।

यो पनि
मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !
यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested