नेपोलियन बोनापार्टका १० प्रेरणादायी भनाईहरू



१५ अगस्ट १७६९ मा जन्मेका नेपोलियन बोनापार्ट पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाएका एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता हुन् । उनको मृत्यु ५१ वर्षको उमेरमा (५ मे १८२१) भएको थियो ।

जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन् । उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेश गरिएका छन् । उनका केही १० प्रेरणादायी भनाईहरू यस प्रकार छन् ।

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

२. गरिब नै रहने पक्का उपाय हो, इमान्दार हुनु ।

३. असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।

४. अवसरविना क्षमता केही होइन ।

५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

६. कल्पनाले नै संसारमाथि शासन गर्दछ ।

७. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयम्ले गर ।

८. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो ।

९. एकजनाले गर्न सक्ने सबै गर्नु मानव बन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु ईश्वर बन्नु हो ।

१०. त्यहाँ जम्मा दुइ शक्ति छन्, जसले मानवलाई अघि धकेल्दछ, भय र ईच्छा ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गर्मी मौसम सुरु भइसकेको छ । यस्तो अवस्थामा सबैको वार्डरोबमा हल्का र आरामदायी लुगा आउन थालेको छ । पहिरनका साथसाथै

संसारमा धेरै रहस्यमय र अद्वितीय ठाउँहरू छन्। यी ठाउँको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो हुन्छ । वैज्ञानिकहरूले पनि आजसम्म धेरै

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु

आइतबार साँझ मुम्बईको यशराज स्टुडियोस्थित प्रिभ्यु थिएटरमा प्रख्यात भारतिय निर्देशक मणिरत्नम द्वारा निर्देशित चलचित्र पि एस टुको विशेष प्रदर्शन गरियो