English

रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट र एमसीसी भिड्ने



भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधिका लागि बुद्ध क्रिकेट क्लब र मेलवर्न क्रिकेट क्लब (एमसीसी) बीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न सुपर फोरको अन्तिम खेलमा बुद्ध क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा निश्चित गरेको हो ।

लुम्बिनी खुकुरी पराजित भएसँगै नेट रन रेटका आधारमा एमसीसीसँग फाइनलका लागि छनोट भएको छ । बिहीबार टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनाएको थियो । जसका लागि धिरज शाहीले ११ दुर्गेश गुप्ताले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । वलिङतर्फ सस्तैमा रोक्न बुद्धका रुपेश कुर्मीले ६ र वपिन खत्रीले ४ विकेट लिए ।

जवाफी ब्याटिङमा ४७ रनको लक्ष्य पाएको बुद्धले १० दशमलव एक ओभरमा सहजै लक्ष्य पार गर्‍यो । चार विकेटको क्षतिमा ५१ रन बनाउँदै ८ विकेटले जित निकाल्यो । जसका लागि रुपेश कुर्मी र विपीन रावलले अविजित ११ र १० रनको पारी खेले । बलिङमा लुम्बिनी खुकुरीका शाहाव आलमले २, धिरज शाही र अजयकुमार चौहानले समान १–१ विकेट लिए । बिहीबारको खेलमा रुपेश कुर्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

१२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेलाइएको हो । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिम फाइनल पुगेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

शनिबार हुने फाइनलमा बुद्ध र एमसीसीबीच प्रतिस्पर्धा हुनेछ । लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो पनि…
प्रधानमन्त्री कप महिला भलिबलमा सात टिम भिड्ने

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested