English

नरहरि प्रेमीको ‘तिमीलाई नै सम्झिरहन्छु’ सार्वजनिक



नरहरि प्रेमी र प्रज्ञा अधिकारीको स्वर रहेको ‘तिमीलाई नै सम्झिरहन्छु’ सार्वजनिक भएको छ । नरहरिकै संगीत तथा पुष्पा पौडेलको शब्दमा तयार पारिएको यस गीतमा लोकशैलीको भाकाले नयाँपन थपिदिएको छ ।

गीतमा संगीत संयोजन सञ्जय हमाल तथा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् ।

संगीतका सबैखाले विधामा उत्तिकै सिपालु गायक तथा संगीतकार प्रेमीले यस गीतमा पृथकता दिने प्रयास गरेका छन् ।

गीतको भिडियोमा स्वयं गायकको साथमा प्रज्ञा अधिकारी र सुरवीर पण्डितको अभिनय रहेको छ ।

सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई नरहरि प्रेमी युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।


यो पनि…
पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक
‘हेल्लो जिन्दगी’को ‘कता-कता’ गीत सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

Latest










Popular
Suggested