English

सवारी साधनको माइलेज बढाउने १० उपाय



प्रति एक लिटर पेट्रोलमा मोटरसाइकल र कारले पार गर्ने दूरीलाई त्यस सवारी साधनको माइलेज बुझिन्छ । मोटरसाइकल र कारको माइलेजलाई इन्धनको गुणस्तर, हावामा भएको प्रदूषणको मात्रा, सवारी हाँक्ने शैली जस्ता विभिन्न कुराले प्रभाव पार्छ । तेल खपत कम गर्न सवारी चालकले यी कुरामा सजगता अपनाउनु पर्छ ।

१) सवारी साधन समयमै सर्भिसिङ गर्नुहोस् । यसरी सर्भिसिङले इन्जिनको कार्यक्षमता बढाउँछ र माइलेज स्वतः बढ्छ ।
२) सवारी साधनको स्पिड बढाउन या घटाउन हडवडी नदेखाउनु होस् । आरामले एक्सिलरेटर दबाउने कोशिस गर्नुहोस्, यसो गर्दा इन्धनको खपत कम हुन्छ ।
३) कार्बोरेटर इन्जिन भएको सवारी साधनमा कार्बोरेटरलाई मिलाउनुहोेस् । सवारी कार्बोरेटर ट्युनिङ नमिलेको खण्डमा अनावश्यक इन्धन खर्च हुन्छ ।
४) सवारी साधनलाई लामो समयसम्म रोक्न परेमा सवारी साधनको इन्जिन बन्द गर्नुहोस् । जस्तैः लामो जाममा इन्जिन बन्द गर्नुहोस् ।
५) टायरमा हावाको चाप कम भएमा पनि इन्धन खपत बढी हुन्छ । त्यसैले, सवारी साधनको कम्पनीले सिफारिस गरेको टायर प्रेसर मेन्टन गर्नुहोस् ।
६) सवारी साधनमा अनावश्यक एक्सिलरेटर तान्ने र छोड्ने नगर्नुहोस् । यसरी एक्सिलरेटर तान्ने र छोड्ने गरेमा इन्धन बढी खपत हुन्छ ।
७) सामान्यतया ठूलोे गियरमा ४५ देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडलाई इकोनोमी मोड मानिन्छ । कम्पनीअनुसार सवारी साधनमा इकोनोमी मोडको संकेत फरक–फरक हुन्छ । सवारी साधन सम्भव भएसम्म इकोेनोमी मोडमा चलाउने गर्नुहोस् ।
८) सवारी साधनमा अनावश्यक भारी सामान नराख्नुहोस् । यसले सवारी साधनमा पर्ने चापलाई कम गर्छ र इन्धनको खपत बढी हुन्छ ।
९) सवारी साधनमा भएको एयर कन्डिसनको कम भन्दा कम प्रयोग गर्नुहोस् ।
१०) सवारी साधनको पार्ट्स जस्तै फिल्टर, फ्युल फिल्टर, स्पार्क प्लग र इन्जेक्टरलाई सफा राख्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested