English

किन छ नेपालमा साउथ इण्डियन फिल्मको क्रेज ?



‘बाहुबली सिरिज’, ‘केजीएफ’, ‘पुष्पा’ लगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ ।

फिल्मको अग्रिम बुकिङ सोमबार नै खुलेको छ । यति छिटो कुनै फिल्मको बुकिङ नेपालमा खुलेको यो पहिलो हुनसक्छ । प्रायः बुधबार बुकिङ खोलिने भए पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल सञ्चालकहरू दर्शकमाझ प्रतीक्षित रहेको फिल्महरू प्रायः छिट्टै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकट बुकिङमै खरिद गर्नुपर्ने हुन्छ ।

टिकट नै खरिद गर्नुपर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरूमा सबै शोहरू शुक्रबार अगाडि नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन फिल्मका दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको बानी लगाउने निर्देशक राजामौलीकै फिल्म ‘आरआरआर’ रिलिज हुने भएकाले पनि नेपालमा यसको क्रेज बढेको हो ।

महँगोमा खरिद

फिल्म नेपालमा ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । कम्पनीले जनाएअनुसार फिल्म एक सय २१ बढी पर्दामा शो हुनेछ । कम्पनीका वितरण प्रमुख नवीन शाक्यले शो आजभोलिमा अझै बढ्ने बताए । ‘फिल्मको लम्बाइ तीन घन्टा रहेकाले पनि केही शो घटेका छन् । यद्यपि, आउँदो शुक्रबारसम्म शो बढ्ने छ, किनकि सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन्,’ नवीनले भने ।

लागतका कारण चर्चा

लागत चार सय करोड बढी भएका कारण पनि आरआरआर चर्चामा छ । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ ।

साथै, यसमा बलिउड स्टार अजय देवगन र आलिया भट्ट पनि छन् । यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको अनुमान छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीको यस फिल्मबाट धेरै नै अपेक्षा गरिएको छ ।

यसबाहेकका प्रतीक्षित फिल्महरू

नेपालमा साउथ इन्डियनका बहुप्रतीक्षित फिल्महरू एक पछि अर्को गर्दै रिलिज डेट तोकिरहेका छन् । फिल्म ‘राधे श्याम’को प्रदर्शन मिति कोरोनाका कारण पछि सारिएको छ । फिल्ममा सुपरस्टार प्रभास अभिनेत्री पूजा हेग्डेको मुख्य भूमिका रहेको छ ।

यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनित फिल्म ‘भलिमाई’को प्रदर्शन मिति पनि जनवरी १३ बाट पछि सारिएको छ । यसैगरी, अप्रिल १४ तारिखमा रिलिज हुन लागेको साउथ स्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’ पनि दर्शकको ठूलो भीडलाई हलसम्म तान्न सक्ने चलचित्र हो । यो चलचित्रको पहिलो शृंखलाले बक्स अफिसमा तहल्का मच्चाएको थियो । यसको दोस्रो सिरिज दर्शकका लागि सर्वाधिक प्रतीक्षामा छ ।
यो पनि
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
यसकारण हटाए प्रकाशले ‘पिर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested