English

१० आधुनिक एयरपोर्ट



कुनै पनि देशको समग्र व्यवस्थापन कस्तो छ भन्ने जान्नलाई त्यो देशको मुख्य एपरपोर्टको व्यवस्थापनलाई पनि एक आधार लिइन्छ । हवाई यातायातका लागि उडान र अवतरण क्षेत्र, नियन्त्रण टावर र टर्मिनलदेखि यात्रु सेवा कक्ष, रेष्टुरेन्ट जस्ता सेवासुविधा भएका भौतिक पूर्वाधार अर्थात् एयरपोर्ट पनि विभिन्न स्तरका हुन्छन् ।

सेवा सुविधामा उच्च गुणस्तर प्रदान गर्ने र त्यसलाई कायम राख्ने एयरपोर्टहरू विभिन्न अवार्ड र उपाधिले सम्मानित समेत हुने गरेका छन् । त्यस्तै, विश्वप्रसिद्ध १० आधुनिक एयरपोर्ट यस प्रकार छन् ।

१०. कान्साई इन्टरनेशनल एयरपोर्ट, जापान

डोमेस्टिक र अन्तर्राष्ट्रिय रुटहरूको एक विशाल नेटवर्क प्रदायक रहँदै आएको कान्साई इन्टरनेशनल एयरपोर्ट १९९४ मा निर्माण भएको हो । यो एयरपोर्ट २०२० मा बेस्ट एयरपोर्ट स्टाफ ईन एशिया, वल्र्डस् बेस्ट एयरपोर्ट स्टाफ र वल्र्डस् बेस्ट एयरपोर्ट फर ब्यागेज डेलिभरी जस्ता उपाधिहरूबाट सम्मानित भएको छ ।

९. एम्सटरडेम सिफोल एयरपोर्ट, नेदरल्याण्ड

नेदरल्याण्डको मुख्य एयरपोर्टको रूपमा रहेको एम्सटरडेम सिफोल एयरपोर्ट यात्रुहरूको भीड र विमानको आवतजावतका आधारमा युरोपकै तेस्रो व्यस्त एयरपोर्ट हो । यस एयरपोर्टले २०२० मा बेस्ट एयरपोर्ट ईन वेस्टर्न युरोपको उपाधि जित्न सफल भएको छ ।

८. सेन्ट्रायर नायोगा, जापान

सेन्ट्रल जापान इन्टरनेशनल एयरपोर्टको नामले चिनिने सेन्ट्रायर नायोगा, २०२० मा वल्र्डस् बेस्ट रिजनल एयरपोर्ट र १० देखि २० मिलियन यात्रु धानेको बेस्ट एयरपोर्टको उपाधि जितेको छ । विशाल डोमेस्टिक ट्राफिक क्षमता रहेको यस एयरपोर्टमा थुप्रै एशियाली शहरका रुट सञ्चालन हुन्छन् ।

७. टोकियो नारिता एयरपोर्ट, जापान

जापानको ग्रेटर टोकियो क्षेत्रमा सेवा प्रदान गर्दै आएको यो एयरपोर्ट जापान एयरलाइन्स र अल निप्पन एयरवेजको लागि एक अन्तर्राष्ट्रिय हब पनि हो । २०१६ मा जापानकै दोस्रो व्यस्त एयरपोर्ट भनिएको यस एयरपोर्टले २०२० मा भने वल्र्डस् बेस्ट एयरपोर्ट डाइनिङको उपाधि जित्न सफल भएको छ ।

६. हङकङ इन्टरनेशनल एयरपोर्ट, हङकङ

१ सय ८० वटा लोकेसनका लागि १ सय भन्दा बढी एयरलाइनको सञ्चालनमा सेवा प्रदायक हङकङ इन्टरनेशनल एयरपोर्टले वल्र्ड एयरपोर्ट अवार्डमा एयरपोर्ट अफ द इयरको उपाधि हात पारेको थियो । २०२० मा भने वल्र्डस् बेस्ट इमिग्रेसन सर्भिसको उपाधि जितेको थियो ।

५. म्युनिख एयरपोर्ट, जर्मनी

जर्मनीकै दोस्रो व्यस्त एयरपोर्ट लुफ्थान्सा जर्मन एयरलाइन्सको माध्यमिक हब पनि हो । १ सय ५० भन्दा बढी खुद्रा पसल र ५० भन्दा बढी रेष्टुरेन्ट रहेको यो एयरपोर्ट एक किसिमले सिटी सेन्टरजस्तै लाग्छ । यस एयरपोर्टले २०२० मा बेस्ट एयरपोर्ट ईन युरोप, बेस्ट एयरपोर्ट ईन सेन्ट्रल युरोप र ४० देखि ५० मिलियन यात्रु धान्ने बेस्ट एयरपोर्टको उपाधि जित्न सफल भएको छ ।

४. सियोल इनचान, दक्षिण कोरिया

दक्षिण कोरियाकै विशाल एयरपोर्ट रहेको इनचान इन्टरनेशनल एयरपोर्ट संसारकै व्यस्त एयरपोर्ट मध्येकै एक हो । २०२० अघि एयरपोर्ट अफ द इयर उपाधि जितेको यस एयरपोर्टले २०२० मा भने वल्र्डस् बेस्ट ट्रान्जिट एयरपोर्ट उपाधि हात पारेको छ । साथै, टर्मिनल २ ले भने वल्र्डस् बेस्ट एयरपोर्ट टर्मिनलको उपाधि जित्न सफल भएको छ ।

३. हमाड इन्टरनेशनल एयरपोर्ट, कतार

कतारको राजधानी दोहाको अन्तर्राष्ट्रिय एयरपोर्ट विश्वकै सबैभन्दा विलासी धेरै वास्तुगत महत्व बोकेको टर्मिनल कम्प्लेक्सको रूपमा प्रसिद्ध छ । २०२० मा यस एयरपोर्टले बेस्ट एयरपोर्ट इन द मिडल इस्ट, ३० देखि ४० मिलियन यात्रु धानेको बेस्ट एयरपोर्ट र बेस्ट एयरपोर्ट स्टाफ ईन द मिडल इस्ट जस्ता उपाधि जितेको थियो ।

२. टोकियो इन्टरनेशनल एयरपोर्ट, हानेदा, जापान

डोमेस्टिक र अन्तर्राष्ट्रिय, दुवै टर्मिनल रहेको टोकियो इन्टरनेशनल एयरपोर्टले जापानलाई पर्यटन उन्मुख राष्ट्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । २०२० मा यस एयरपोर्टले ७० मिलियनभन्दा बढी यात्रु धानेको बेस्ट एयरपोर्ट, वल्र्डस् क्लिनेस्ट एयरपोर्ट, वल्र्डस् बेस्ट डोमेस्टिक एयरपोर्ट र वल्र्डस् बेस्ट पीआरएम÷ एस्सिसिबल फ्यासिलिटीजको उपाधि जित्न सफल भएका थियो ।

१. सिंगापुर चाङ्गी एयरपोर्ट, सिंगापुर

८० अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि हप्ताकै ५ हजार आगमन र प्रस्थानको सेवा प्रदायक रहँदै आएको यस एयरपोर्टले विश्वभर २ सय भन्दा बढी गन्तव्यका ग्राहकहरूलाई जोड्दै आएको छ । २०२० मा यस एयरपोर्टले बेस्ट एयरपोर्ट इन एशिया, वल्र्डस् बेस्ट एयरपोर्ट लिजर एमिनिटिज र ६० देखि ७० मिलियन यात्रु धानेको बेस्ट एयरपोर्टको उपाधि जित्न सफल भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,