English

किन रोकियो इजरायल जाने प्रक्रिया ?

दूतावास भन्छ- ‘जहिले इजरायलको गतिरोध अन्त्य हुन्छ, त्यही बेला जान पाउनुहुन्छ ।’


इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २ सय ९७ जना मात्र इजरायल जान पाएका छन् ।

इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौता गरेर नेपाल पठाइसकेको छ । अब झण्डै ९० जनाको रोजगार सम्झौता पत्र आउन बाँकी छ ।

वैदेशिक रोजगार विभागले ८०० जना कामदारसँग सम्झौता पनि गरिसकेको छ । उनीहरू इजरायल प्रवेशाज्ञाको प्रतीक्षामा छन् । इजरायल पुगेका कामदारहरूले एक महिनाको तलबभत्ता पनि बुझिसकेका छन् । तर, प्रवेशाज्ञाको प्रतीक्षामा रहेकाहरू भने कहिले जान पाउने भन्ने अन्योलमा छन् ।

हाम्रो कारणले रोकिएको होइन, समस्या उनीहरूकै हो । नेपालस्थित इजरायली दूतावासले परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै हड्तालमा रहेको जानकारी दिएको छ । जसले गर्दा ढिलाइ भइरहेको हो ।

विभागका निर्देशक तथा इजरायल केयरगिभरसम्बन्धी हेर्ने निकायका संयोजक श्रीचन्द्र शाहले नेपालको कारण नभई इजरायलकै कारण रोकिएको बताए । ‘हाम्रो कारणले रोकिएको होइन, समस्या उनीहरूकै हो । नेपालस्थित इजरायली दूतावासले परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै हड्तालमा रहेको जानकारी दिएको छ । जसले गर्दा ढिलाइ भइरहेको हो,’ निर्देशक शाहले भने ।

उनीहरूको हड्तालका कारण नेपालबाट मात्र नभई अन्य देशबाट पनि जाने तयारीमा रहेका कामदारको प्रक्रिया रोकिएको छ । नेपालबाट १ हजार १ सय ७५ जना इजरायल जान लागेका छन् । त्यसका लागि नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही आधारमा २ सय ९७ जना नेपाली गइसकेका छन् ।

पहिलो चरणमा गत माघ ५ गते ९९ जना नेपाली कामदार इजरायल प्रस्थान गरेका थिए । इजरायल पुगेपछि केही दिन क्वारेनटिनमा बसेर उनीहरू काममा लागेका थिए । त्यस्तै, दोस्रो चरणमा माघ १५ गते १ सय २० जना नेपाली गएका थिए ।

तर, यसपालि किन रोकियो भन्ने बारे इजरायलले भने नेपाललाई औपचारिक जानकारी गराएको छैन । अनौपचारिक रूपमा दूतावासले कर्मचारीको हडतालको कारण रोकिएको बताएको छ ।

करार पत्रमा सम्झौता भइसकेकालाई नेपालस्थित इजरायली दूतावासले प्रस्थान भिसा ‘बी–१’ दिनेछ । जुन ३० दिनको हुनेछ । जुन इजरायल प्रवेशको लागि मात्र हुनेछ । कर्मचारीको हड्तालका कारण दूतावासले उक्त काम पनि रोकेको छ ।

रोकिएका कामदार कहिले लैजाने भन्नेबारे केही जानकारी नआएको निर्देशक शाहले बताए । ‘अब कहिले जान पाउँछन् भन्ने हाम्रो हातको कुरा छैन । जहिले इजरायलको गतिरोध अन्त्य हुन्छ, त्यही बेला जान पाउनुहुन्छ ।’ निर्देशक शाहले भने ।
नेपालको तर्फबाट गर्नुपर्ने सबै काम पूरा भइसकेको र इजरायल सरकारको तर्फबाट गर्नुपर्ने काम मात्र बाँकी रहेको उनको भनाइ छ ।

नेपाल सरकार र इजरायल सरकारबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । सोही आधारमा एक हजार जना नेपाली कामदार इजरायल लैजाने प्रक्रिया अघि बढेको थियो । रोजगार सम्झौता गरेर इजरायल जाने प्रतीक्षामा रहेका नेपालीहरू कहिले जान पाउने भन्नेमा अन्योलमा छन् । जतिसक्दो चाँडो लगिदिनुपर्नेमा उनीहरूको जोड छ ।

यो पनि…
यात्रा संस्मरण: आँखामा इजरायल–सम्झनामा साइप्रस
१ हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, कस्ता मान्छे जान पाउँछन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested