English

किन रोकियो इजरायल जाने प्रक्रिया ?

दूतावास भन्छ- ‘जहिले इजरायलको गतिरोध अन्त्य हुन्छ, त्यही बेला जान पाउनुहुन्छ ।’


इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २ सय ९७ जना मात्र इजरायल जान पाएका छन् ।

इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौता गरेर नेपाल पठाइसकेको छ । अब झण्डै ९० जनाको रोजगार सम्झौता पत्र आउन बाँकी छ ।

वैदेशिक रोजगार विभागले ८०० जना कामदारसँग सम्झौता पनि गरिसकेको छ । उनीहरू इजरायल प्रवेशाज्ञाको प्रतीक्षामा छन् । इजरायल पुगेका कामदारहरूले एक महिनाको तलबभत्ता पनि बुझिसकेका छन् । तर, प्रवेशाज्ञाको प्रतीक्षामा रहेकाहरू भने कहिले जान पाउने भन्ने अन्योलमा छन् ।

हाम्रो कारणले रोकिएको होइन, समस्या उनीहरूकै हो । नेपालस्थित इजरायली दूतावासले परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै हड्तालमा रहेको जानकारी दिएको छ । जसले गर्दा ढिलाइ भइरहेको हो ।

विभागका निर्देशक तथा इजरायल केयरगिभरसम्बन्धी हेर्ने निकायका संयोजक श्रीचन्द्र शाहले नेपालको कारण नभई इजरायलकै कारण रोकिएको बताए । ‘हाम्रो कारणले रोकिएको होइन, समस्या उनीहरूकै हो । नेपालस्थित इजरायली दूतावासले परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै हड्तालमा रहेको जानकारी दिएको छ । जसले गर्दा ढिलाइ भइरहेको हो,’ निर्देशक शाहले भने ।

उनीहरूको हड्तालका कारण नेपालबाट मात्र नभई अन्य देशबाट पनि जाने तयारीमा रहेका कामदारको प्रक्रिया रोकिएको छ । नेपालबाट १ हजार १ सय ७५ जना इजरायल जान लागेका छन् । त्यसका लागि नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही आधारमा २ सय ९७ जना नेपाली गइसकेका छन् ।

पहिलो चरणमा गत माघ ५ गते ९९ जना नेपाली कामदार इजरायल प्रस्थान गरेका थिए । इजरायल पुगेपछि केही दिन क्वारेनटिनमा बसेर उनीहरू काममा लागेका थिए । त्यस्तै, दोस्रो चरणमा माघ १५ गते १ सय २० जना नेपाली गएका थिए ।

तर, यसपालि किन रोकियो भन्ने बारे इजरायलले भने नेपाललाई औपचारिक जानकारी गराएको छैन । अनौपचारिक रूपमा दूतावासले कर्मचारीको हडतालको कारण रोकिएको बताएको छ ।

करार पत्रमा सम्झौता भइसकेकालाई नेपालस्थित इजरायली दूतावासले प्रस्थान भिसा ‘बी–१’ दिनेछ । जुन ३० दिनको हुनेछ । जुन इजरायल प्रवेशको लागि मात्र हुनेछ । कर्मचारीको हड्तालका कारण दूतावासले उक्त काम पनि रोकेको छ ।

रोकिएका कामदार कहिले लैजाने भन्नेबारे केही जानकारी नआएको निर्देशक शाहले बताए । ‘अब कहिले जान पाउँछन् भन्ने हाम्रो हातको कुरा छैन । जहिले इजरायलको गतिरोध अन्त्य हुन्छ, त्यही बेला जान पाउनुहुन्छ ।’ निर्देशक शाहले भने ।
नेपालको तर्फबाट गर्नुपर्ने सबै काम पूरा भइसकेको र इजरायल सरकारको तर्फबाट गर्नुपर्ने काम मात्र बाँकी रहेको उनको भनाइ छ ।

नेपाल सरकार र इजरायल सरकारबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । सोही आधारमा एक हजार जना नेपाली कामदार इजरायल लैजाने प्रक्रिया अघि बढेको थियो । रोजगार सम्झौता गरेर इजरायल जाने प्रतीक्षामा रहेका नेपालीहरू कहिले जान पाउने भन्नेमा अन्योलमा छन् । जतिसक्दो चाँडो लगिदिनुपर्नेमा उनीहरूको जोड छ ।

यो पनि…
यात्रा संस्मरण: आँखामा इजरायल–सम्झनामा साइप्रस
१ हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी, कस्ता मान्छे जान पाउँछन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली