English

रुपा र रजनी भइन् ‘मिस एन्ड मिसेज डिश्याविलिटी क्विन’



रुपा पहाडी र रजनी राईले ‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२१’ को शीर्ष उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिस तर्फको शीर्ष उपाधि हात पारेका हुन् ।

फाइनल प्रतियोगितामा डीना खत्री फस्ट रनर अप र सरिता कोइराला सेकेन्ड रनर अप भए । विजेता ४ जानालाई नगद सहित विभिन्न उपहार पुरस्कार प्रदान गरिएको थियो ।

अपाङ्गता भएको व्यक्तिहरूको क्षमता र उनीहरूमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन र समाजमा उनीहरूको फरक चिनारी बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना भएको हो । नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगितामा वेस्ट स्माइलमा रुपा पहाडी, वेस्ट डिसिप्लेनमा मिरा तामाङ, मष्ट ट्यालेन्टेडमा सङ्गीता मागी, मोस्ट फोटोजेनिकमा टीना महर्जन, मस्ट अमाजिनोमा मिना शर्मा, वेस्ट पर्सनालिटीमा निर्मला भण्डारी विजेता भइन् । यसै गरी मस्ट हम्बलमा अनु राई, मष्ट फ्रेन्ड्लीमा सरिता कोइराला, मस्ट ग्ल्यामरमा गङ्गा छन्त्याल, मष्ट कन्फिडेन्टमा तुलसा थापा मगर, वेस्ट स्क्रिनमा रजनी राई र मष्ट ब्युटिफुलमा अस्मी दुलालले उपाधि हात पारिन् ।

ग्रिन आर्ट मिडियाले सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना गरेको यो प्रतियोगितामा पूर्व मिस नेपाल इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोर भक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल) का सभापति सरिता थुलुङ निर्णायकको रूपमा रहेका थिए ।



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

Popular
Suggested