English

म्यानमार : विरोधको अर्को रुप लिएर मैदान उत्रिइन् ब्यूटी क्वीन



म्यानमारमा सैनिकले गरेको सत्ता कब्जाकोविरुद्धको विद्रोह सोमवार (६५) औँ दिन पनि जारी रह्यो । दमनविरुद्ध विरोधमा उत्रिएका नागरिकलाई सैनिकले दमन गरिरहेको छ ।

अहिलेसम्म ५५० भन्दा धेरै जनाको मृत्यु भइसकेको छ । र पनि आम नागरिक झुकेका छैनन् । बिरोधमा उत्रिएकी १६ वर्षीया युवतीलाई पनि सेनाले गोली हानेर मारेको थियो । १६ वर्षीया ननले आन्दोलनमा भनेकी थिइन् कि मलाई मार, कि मलाई बन्द गर ।

अब यो संग्राममा नयाँ अनुहार देखिएको छ । उनी हुन् म्यानमारकी ब्यूटी क्वीन । थाइल्याण्डको राजधानी बैंककमा शनिवार मिस ग्राण्ड इन्टरनेशनल ब्यूटी पीजेन्ट थियो । यसमा मिस ग्राण्ड म्यानमारकी २२ वर्षीया ह्यानले देशलाई सहयोग गर्न अपील गरेकी थिइन् ।

उनले भनिन्, ‘आज म यहाँ स्टेजमा छु, तर मेरो देश म्यानमारमा मानिसलाई मारिरहिएको छ, ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दछु, हामीलाई तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ ।’



सम्बन्धित खबरहरु

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested