English

सेयर बजारमा पुन: गिरावट



साताको अन्तिम कारोबार दिन पनि नेप्सेले करेक्सनलाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन १७.१५ अंकको करेक्सन भएको बजारमा आज पनि साढे १९ अंकको करेक्सन भएको छ।

आज नेप्से परिसूचक १९.६५ अंक घटेर २६३१.३२ विन्दुमा झरेको छ। निरन्तर ३ कारोबार दिनमा १५० अंकभन्दा बढी बढेको बजारमा मंगलबारदेखि करेक्सन भएको थियो। हाइ क्याप स्टकको मूल्य घटेसँगै नेप्सेमा करेक्सन देखिएको हो।

आज सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ स्टकको ३७ हजार ३२ पटकको कारोबारमा २ अर्ब ५७ करोडको ४९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि आज इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ ९० पैसा घटेर ४७२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने सोल्टी होटल र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको युनाइटेड इदी मार्दीको शेयरमूल्य यस दिन करिब ५ प्रतिशत घटेको छ।

बुधबार १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत बढेको छ। त्यस्तै, निर्जीवन बीमा उपसमूहको पिरसूचक ०.६४ प्रतिशत र म्युचुअल फण्डको ०.०२ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशत घटेको छ। त्यसैगरी, व्यापार, विकास बैंक, जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, गरिमा विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यो पनि…
यस्तो छ आजको विनिमय दर 
आज तरकारीको मूल्य कति ? [सूची]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested