English

सेयर बजारमा उछाल, १०१ अंकले बढ्यो नेप्से



सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ ।

कारोबार रकममा समेत अघिल्लो साताको भन्दा सुधार देखिएको छ । अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ ।

दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ पुगेको छ ।

आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम १० प्रतिशत नै बढेर बन्द भएको छ । जसमा पहिलो नम्बरमा एसियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ दशमलव ५० रुपैयाँमा पुगेको छ ।

आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम १० प्रतिशत नै बढेर बन्द भएको छ । जसमा पहिलो नम्बरमा एसियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५ दशमलव ५० रुपैयाँमा पुगेको छ ।

दोस्रोमा ज्योतिको ५६ रुपैयाँले बढेर ६ सय २१ दशमलव ५० रुपैयाँमा र सानिमा लाइफ इन्स्यारेन्सको ५१ रुपैयाँले बढेर ५६६ दशमलव ५० रुपैयाँमा पुगेको छ । धेरै घट्ने धितोपत्रहरुमा भने मेगा म्युचुअल फन्ड, प्राइम कमर्सियल बैंकको डिबेञ्चर, कुमारी इक्वीटी फन्डलगायत देखिएका छन् ।

यो पनि
सेयर बजारमा ६३ अंकको पहिरो
नेप्सेमा ४३ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा सीमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested