English

फिल्मकी रानी, विवादकी महारानीको कथा

कंगना रनौट विवादमा किन आउँछिन्


भारतीय चलचित्र उद्योगमा कंगना रनौट सधैँ चर्चामा आइरहने अभिनेत्री हुन् । ६७ औँ राष्ट्रिय फिल्म पुरस्कारमा मणिकर्णिका र पंगाका लागी सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी कंगना अभिनय, झगडा आदीले विवादमा आइरहेकी छिन् ।

हिमाचल प्रदेशमा जन्मिएकी कंगनाले अभिनयमा करिअर बनाउने सोच बनाएपछि उनले नाटक निर्देशक अरविन्द गौरबाट दिल्लीमा अभिनयको प्रशिक्षण लिइन् । त्यसपछि सिनेमाको करिअर थाल्न उनी मुम्बई गइन् ।

मुम्बईमा आए पछि कंगनाको सङ्घर्ष सुरु भयो । त्यो बेला उनलाई अभिनेता आदित्य पंचोलीले साथ दिए । यी दुईको मित्रताको धेरै चर्चा भयो र कंगनालाई आदित्यको गर्लफ्रेन्ड हो भन्न पनि थालियो ।

उनको अभिनय करिअरमा माइलस्टोनको रूपमा देखा परे फिल्म निर्माता महेश भट्ट । भट्टलाई भेटेपछि उनले अनुराग बासु निर्देशित फिल्म ‘ग्याङस्टर’मा लिड रोलमा सिफारिस गरे ।

सन् २००८ मा कंगना आफ्नो सम्बन्धलाई लिएर चर्चामा आइन् । फिल्म ‘राज ३’ का अभिनेता अध्ययन सुमनसँग उनको रिलेशनसिपको चर्चा चल्यो । मिडियाहरूले यसलाई बढी नै उचाल्न थालेपछि उनीहरूको रिलेसन टुट्यो ।

यो पहिलो फिल्मको दमदार भूमिकाले नै कंगनालाई अभिनयको उचाइमा पुर्‍याइदियो । कुनै समय बलिउडकै चर्चित अभिनेत्रीको रूपमा रहेकी परविन बाबीको जीवनीमा यो फिल्म आधारित रहेको थियो । कंगनाले आफ्नो ब्रेकको रूपमा पाएको यो फिल्ममा यति राम्रो अभिनय गरिन् कि उनले प्रशंसा मात्र भएन, उनले वेस्ट डेब्यु अर्वाड पनि हात पारिन् । त्यसपछि कंगनाले पछि फर्केर हेर्नु पर्ने अवस्था नै आएन ।

सन् २००७ मा कंगनाले ‘वो लम्हे’ र ‘लाइफ इन द मेट्रो’ जस्ता फिल्ममा अभिनय गरिन् । तर २००८ मा उनी अभिनीत ‘फेशन’ले कंगनालाई अभिनयको अलग्गै स्थानमा पुर्‍याइदियो । मधुर भंडारकरको फिल्म फेशनले भारतीय फेशन इण्डस्ट्रीजको कहानी बताएको छ । जसमा प्रियङ्का चोपडा मुख्य भूमिकामा थिइन् । यो फिल्ममा कंगनाको भूमिका छोटो थियो तर यही छोटो भूमिका गरेर पनि उनले वेस्ट सर्पोटिङ रोलको लागी राष्ट्रिय पुरस्कार पाइन् ।

सन् २००८ मा कंगना पुनः चर्चामा आइन् आफ्नो सम्बन्धलाई लिएर । फिल्म ‘राज ३’ का अभिनेता अध्ययन सुमनसँग उनको रिलेशनसिपको चर्चा चल्यो । मिडियाहरूले यसलाई बढी नै उचाल्न थालेपछि उनीहरूको रिलेसन टुट्यो ।

प्रेमको चर्चा जतिसुकै आए पनि कंगनाले बलिउडमा आफूलाई जस्तोसुकै चरित्रमा पनि अभिनय गर्न सक्ने अभिनेत्रीको ट्याग लगाउन भने सफल भइन् । भनिन्छ नि, भाग्य तपाईँको साथमा छ भने गन्तव्यमा पुग्न जरुरी पर्ने हरेक कुरा तपाईँको अगाडी आउँछ । कंगनालाई सन् २०११ मा आएको रोमान्टिक फिल्म ‘तनु वेड्स मनु’ मा अभिनय गर्ने मौका पाइन् । यो फिल्मले कंगनाको करियरलाई एउटा नयाँ मोडमा पुर्‍यायो । यो फिल्मको सिक्वेल पनि उत्तिकै सफल भयो र उनले सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार समेत पाइन् ।

यी दुई फिल्मले बक्स अफिसमा सफलताका साथै समीक्षकहरूको प्रशंसा पनि पायो ।

करिअरमा सफलताको सिडी चढ्दै गइन् भने विवादको घेरामा पनि पर्दै गइन् । विवादमा कंगनाले आफ्नो करिअरमा साथ दिनेलाई पनि छोडिनन् । ग्यङस्टार, लाइफ इन मेट्रोको सफलता पछि कंगनाले आदित्य पंचोलीको विरुद्ध पुलिसमा उजुरी गरिन् ।

सन् २०१४ मा कंगनालाई बक्स अफिसमा सफलता नै दिलायो । यो वर्ष रिलिज भएको ‘क्विन’ले सफलताको शिखर चुम्यो । विकास बहलद्वारा निर्देशित यो फिल्मले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो ।

यसरी नै भाग्यले कंगनालाई साथ दिइरह्यो, २–४ वटा फ्लप फिल्म पछि एउटा यस्तो फिल्म उनको करियरमा आउँथ्यो, जसले कंगनालाई उचाइमा टिकाई राख्थ्यो ।

‘मणिकर्णिका’मा कंगना झाँसीको रानी बनिन् । यो फिल्मको निर्देशनमा उनी पनि संलग्न रहेकी थिइन् । जसमा उनले झाँसीकी रानीको भूमिका निभाएकी थिइन् ।

करिअरमा सफलताको सिडी चढ्दै गइन् भने विवादको घेरामा पनि पर्दै गइन् । विवादमा कंगनाले आफ्नो करिअरमा साथ दिनेलाई पनि छोडिनन् । ग्यङस्टार, लाइफ इन मेट्रोको सफलता पछि कंगनाले आदित्य पंचोलीको विरुद्ध पुलिसमा उजुरी गरिन् । आरोपमा उनले आदित्यले मदिरा सेवन गरेर शारीरिक पिडा दिएको समेत भनिन् । आदित्यले कंगनाको सुरुवाती सङ्घर्षमा साथ दिएका थिए । यो घटना मिडियामा धेरै समय चर्चामा रह्यो ।

ऋतिक पछि कंगना करण जोहरको पछि पर्न थालिन् । करण जोहरलाई ‘मुवी माफिया’ को दर्जा दिइन् । करण जोहर माथि नेपोटिज्मको आरोप लगाइन् र करणलाई सधैँ युद्धको मैदानमा तानी रहिन्

२०१० मा फिल्म ‘काइट्स’ जब फ्लप भयो तब कंगनाले निर्देशक अनुराग बासुसँग झगडा गरिन्, अनुराग बासु उनको पहिलो फिल्म गैंगस्टारका निर्देशक थिए । कंगनाले बासुलाई आफूलाई काइट्समा ठुलो रोल दिने भनेका थिए तर उनलाई दिएनन् ।

फिल्म राज ३ को सफलता पछि अध्ययन सुमनसँग उनको ब्रेक अप भयो र यो घटनाले कंगना अझ विवादमा आइन् । ऋतिक रोशनसँग भएको झगडाको खबर पनि धेरै समय मिडियामा चर्चामा रह्यो । कंगनाले ऋतिकसँग सम्बन्धको विषयमा पनि धेरै आरोप लगाइन् । ऋतिक रोशनसँगको झगडा पुलिस स्टेसनसम्म पुगेको थियो । कंगना र ऋतिकको झगडामा अध्ययन सुमन ऋतिकको समर्थनमा उत्रिएर भने– ‘कंगनाले मलाई पनि यातना दिएकी थिइन् ।’

ऋतिक पछि कंगना करण जोहरको पछि पर्न थालिन् । करण जोहरलाई ‘मुवी माफिया’ को दर्जा दिइन् । करण जोहर माथि नेपोटिज्मको आरोप लगाइन् र करणलाई सधैँ युद्धको मैदानमा तानी रहिन्, तर करण जोहरले विवादलाई बेवास्ता गरे । कंगनाले करण जोहरसँग फिल्म ‘उंगली’मा काम गरिसकेकी थिइन् । उक्त फिल्म फ्लप भएको थियो ।

२०१८ मा जब ‘मी टू मूभमेंट’ सुरु भयो, तब कंगनाले इन्डस्ट्रीमा फेरी तहल्का मच्चाइन् । उनले ‘क्विन’का निर्देशक विकास बहललाई आरोप लगाउँदै भनिन् ‘विकासले अनौठो तरीकाले अँगालो हालेर भन्थे तिम्रो कपालबाट राम्रो सुगन्ध आउँछ ।’

फिल्म ‘तनु वेड्स मनु’ का निर्देशक आनन्द एल राय, जसले कंगनाको करियरलाई उचाइमा पुर्‍याएका थिए, उनीसँग पनि कंगनाको झगडा भयो । मिडियामार्फत आनन्दले अब आफू कंगनासँग काम गर्ने छैनन् भनेरै बताउनुपर्‍यो । सन् २०१५ मा भएको यो विवाद पछि दुई जना एकसाथ देखिएका पनि छैनन् ।

२०१८ मा जब ‘मी टू मूभमेंट’ सुरु भयो, तब कंगनाले इन्डस्ट्रीमा फेरी तहल्का मच्चाइन् । उनले ‘क्विन’का निर्देशक विकास बहललाई आरोप लगाउँदै भनिन् ‘विकासले अनौठो तरीकाले अँगालो हालेर भन्थे तिम्रो कपालबाट राम्रो सुगन्ध आउँछ ।’

फिल्म मनिकर्णिकाको शुटिंगको क्रममा यस्तो सम्म भयो कि फिल्ममा एक महत्त्वपूर्ण भूमिकामा रहेका सोनु सूदले फिल्म नै छोडी दिए । शुटिंगको क्रममा विवाद आएपछि अर्का निर्देशक कृषले पनि बिचमा नै फिल्म छोडिदिए । पछि यो फिल्मको निर्देशन कंगना आफैले गरिन् ।

पछिल्लो केही समयमा कंगना फिल्म इण्डस्ट्रीजको हरेक मुद्दामा अगाडी आउँछिन् । त्यसको साथै देशको बारेमा पनि उनी सोसल मिडिया मार्फत विभिन्न प्रतिक्रिया दिइरहेकी हुन्छिन् । कंगना मोदी सरकारको समर्थनमा रहेर पनि बयानहरू दिने गर्छिन् ।

धेरै पटक विवादहरूको बारेमा प्रश्न गर्दा उनले बिना हिचकिचाहट भनिन् ‘म जे छु, आफ्नो दममा छु त्यसैले म कसैको पनि वास्ता गर्दिन ।’

सुशान्त सिंह राजपूतको मृत्यु पछि कंगनाको व्यवहार झनै कठोर भयो । उनले फेरी एक पटक नेपोटिज्म र ‘मूवी माफिया’ जस्ता कुराहरू निकालिन । करण जोहर, सलमान खान, शाहरुख खान तथा आमिर खान सबै माथि आरोप लगाइन् । यति मात्र हैन उनले महेश भट्टसँग पनि झगडा गरिन् । जसले कंगनालाई गैंगस्टार, वो लम्हे र राज ३ जस्ता फिल्ममा खेल्ने मौका दिएका थिए । सुशान्तको मृत्युको कुरासँग जब ड्रग जोडियो तब कंगनाले भनिन् बलिउडमा ९९ प्रतिशतले नसाको सेवन गर्छन् । जबकि कंगना आफै पनि ड्रग सेवन बाट टाढा थिइनन् ।

पछिल्लो केही समयमा कंगना फिल्म इण्डस्ट्रीजको हरेक मुद्दामा अगाडी आउँछिन् । त्यसको साथै देशको बारेमा पनि उनी सोसल मिडिया मार्फत विभिन्न प्रतिक्रिया दिइरहेकी हुन्छिन् । कंगना मोदी सरकारको समर्थनमा रहेर पनि बयानहरू दिने गर्छिन् ।

नरेन्द्र मोदी सरकारमा रहेका राज्यमन्त्री तथा राज्यसभा सांसद रिपब्लिकन पार्टी अफ इन्डियाको अध्यक्ष रामदास अठावले पनि कंगना रनौटको स्वागत गर्न भारतीय जनता पार्टी तयार रहेको बताएका थिए । (बीबीसी)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested