जुरेली मेरो गुरु

म यसरी बने संस्कृतिविद्



हामी सानो विषयलाई त्यति महत्त्व दिँदैनौँ । तर कहिलेकाहीँ त्यही सानो विषयले नै हाम्रो जीवन बद्लिन सक्छ । किनभने समय परिवर्तनशील छ, यहाँ दिनरात कयौँ परिवर्तन भइरहन्छन् । त्यही परिवर्तनमा आएको वा देखिएको एउटा सानो कुराले नै हाम्रो जीवन उज्ज्वल बनाइदिन्छ । यसको ज्वलन्त उदाहरण हुन् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । सय वर्ष नाघिसकेका जोशीलाई जुरेलीले नै संस्कृतिविद् बनायो, भन्दा पत्याउन गाह्रो होला तर सत्य र यथार्थ भने यही नै हो ।

(वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग गरिएको कुराकानीमा आधारित)

अहिले धर्म संस्कृतिको क्षेत्रमा कतिको सक्रिय हुनुहुन्छ ?

धर्म, संस्कृति भनेको कुरामा पनि, अब हाम्रो पालोमा चाहिँ कल्चरको पढाई नै हुँदैन थियो । त्यो बेला एन्थ्रोफोलोजी पनि थिएन, सोसियल साइन्स पनि थिएन, न त कुनै किसिमको पढाई नै हुन्थ्यो । यो त पछि पो डेभलप आयो । अब कल्चरमा बाई चान्स, सन्दर्भ यस्तो छ, भीम बहादुर पाँडे भन्नेले कोर्कर युनिभर्सिटीबाट एमकम पास गरेर आएका थिए, फर्स्ट टाइम । एमकम पास गरेर आउँदा उनले राष्ट्रको निम्ति के गर्न खाजे भने, औद्योगिक व्यापारिक समाचार सङ्ग्रह (अद) खडा गरे ।

अङ्ग्रेजीमा डिपार्टमेन्ट अफ इन्डस्ट्री एन्ड कमर्सीयल इन्टेलिजेन्स भन्छ । त्यो खडा भएपछि उनले पाँच अधिकृत, खरदार सरहको सुब्बा पनि होइन, टिम बनाए । त्यो बेलासम्म गोरखापत्रमा बाहेक अन्त कतै लोकसेवाको परीक्षा हुँदैन थियो । आफ्ना मान्छे लगेर भर्ना गर्ने काम हुन्थ्यो । उनले त्यो गोरखापत्र पेपरमा नाम निकाले । दोज हू आर एवल टु वर्क विशिङ्ग टु ज्वाइन एज दे क्यान अप्लाइ भन्यो । त्यो बेला त्यसको क्राइटेरिया बिए पढिसकेको मान्छे भए नि हुन्छ र पढिराखेको भए पनि हुन्छ । अहिलेको भए पाँच लाख जतिको दरखास्त हो । त्यो बेला मात्र ३० जना जतिको परेको थियो । त्यो पाँच जनामा एक म पनि थिएँ ।

ऊसँग त्यसपछि हामीले तालिम लियौँ, उ एमकम पढेर आएको मान्छे हामी त आर्ट पढेका थियौँ । तालिम गरिसकेपछि उनले हामीलाई काममा खटाए ।

तपाईँले के गर्नुभयो ?

त्यसपछि हामी मुलुकको इन्भेष्टिगेट सर्वेका लागि गाउँघर जानुपर्‍यो । पहिला त सामान्य तरिकाले काम गर्‍यौं तर पछि पञ्च वर्षे योजनाको निम्ति काम लाग्ने गरेर देशको निम्ति केस स्टडी जस्तो गरेर, कहाँ, कुन ठाउँमा के छ, कस्तो छ ? थाहा पाउनुप¥यो । जे भए पनि गाउँघरमा गएर सबै पत्ता लगाएर गाउँघरको चित्र, इकोनोमिक, सोसियल, फाइनान्सीयलको बारेमा रिपोर्ट तयार म पनि लागेँ, मेरो भागमा मलाई चाहिँ तनहुँ र लमजुङ परेको थियो ।

यसरी जोडियो जुरेलीसँगको साइनो

म त अब काठमाडौँ भ्यालीको मान्छे । ललितपुरदेखि कतै बाहिर ननिस्केको । चार भञ्ज्याङ्गबाट कहिल्यै बाहिर नगएको । यहाँ त अब कहिलेकाहीँ मासु भात खान पाइन्थ्यो । तरकारी मिठो खाना पाइन्थ्यो । गाउँघरमा त त्यो शून्य । दूध, मोही त पाइन्छ, अरू किसिमको त्यो थिति मिति पाइँदैन थियो । मिठो नपाइने, पसलै छैन, चिया खानलाई पनि चिया पसलै छैन कतै नि । यहाँबाट पोखरा जाँदा ८ दिन लगाएर गएको हो, अब त्यहाँ कहीँ वास बस्ने ठाउँ, होटेल कतै थिएन । घरको पेटीमा, पालीमा त्यहीँ वास बस्ने, त्यही घरको मान्छेलाई सामान दिएर भात पकाएर खाएर जानुपर्ने अवस्था थियो । गाउँघरमा बस्दा दिक्क लाग्यो । दिनभर त काम भयो, तर बिहान र बेलुका यसो डुल्न गयो ।

त्यहाँका १५–१६ वर्षदेखि माथिका जम्मै केटाहरूलाई लडाईंं गर्न लिएर गए, गल्लाहरूले । ४०–४५ देखि तलकालाई पनि सबैलाई लिएर गए । गोरखपुरमा लगेर दुई तीन महिना तालिम दिन्थ्यो र लडाईंंका लागि पठाउँथ्यो ।

बिहान त्यो कुवामा पानी भर्नको लागि लस्करै गाग्री लिएर बसेका हुन्थे । खोलानाला भएको ठाउँमा त सजिलो, नभएको ठाउँमा, डाँडामा त भरेर पानी नआउने । अनि त्यहाँ बसेको मान्छेले गीत गाउँथ्यो क्या त्यहाँ, गफसफ हुन्थ्यो, कान्छा, कान्छी, माया, पिरती यस्तै गीत हुन्थे गाउँघरका, अब जङ्गलमा दाउरा लिन गएको मान्छे पनि पसिना चुहाइरहेको छ तर गीत गाइरहेको छ । त्यो गीतले इनर्जी आउने उसलाई ।

चौतारामा यताउति गर्दा कि गीत, कि दोहरी कि ठट्टा, गाउँ घरको कल्चर यही हो ।

मरे हाम्रो चेपे घाट
नमरी बाँचे भेटौँला । यस्तो क्या ।

म चाहिँ सहरको मान्छे, आपतै पर्‍यो, बस्न यताउति गर्न गाह्रो भयो ।

यस्तो बेलामा एक ठाउँमा के सुनेँ भनेँ,

के खायौ रेली माई, के लायौ होला ।
मेरो माया रेली माई वनको जुरेली चरीले ।।

यो गीत गाएर छमछम नाचेको । यति प्रभाव पर्‍यो कि, जुरेली त यहीँ पनि आउँथ्यो मेरो । एक डालीबाट अर्को डालीमा उफ्रिन्थ्यो । त्यही भएर मैले सिम्पल लिभिङ्ग, हाई थिंकिङ्ग भन्ने फिलोसपी झिकेँ मैले । फिलोसपी एन्ड स्याटिक्फ्याक्सन, डन्ट थिंकिङ टुमरो, भोलिको कुरा के हो नगर, आज काम गर । यस्तै किसिमको गीतले मलाई छोयो । लोकगीत, अब त्यो लोकगीत गाउने त अशिक्षित, पढेलेखेको थिएन तिनीहरूले, त्यो बेला दोस्रो विश्व युद्ध भइरहेको थियो । त्यहाँका १५–१६ वर्षदेखि माथिका जम्मै केटाहरूलाई लडाईंं गर्न लिएर गए, गल्लाहरूले । ४०–४५ देखि तलकालाई पनि सबैलाई लिएर गए । गोरखपुरमा लगेर दुई तीन महिना तालिम दिन्थ्यो र लडाईंंका लागि पठाउँथ्यो । अङ्ग्रेजहरूको अधीनमा रहेको ब्रिटिस इन्डियाले जर्मनी, अमेरिका र बेलायत तिर पठाउँथ्यो ।
त्यो बेला यस्तो गीत सुनेकी,

गाई पाल्यो रेलिमाई वनको बाघलाई ।
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई ।।

गाई पाल्यो वनका बाघले खान्छ, छोरो पाल्यो जर्मनले गोली हानेर मारिदिन्छ ।

नकरा वनका न्याउली ।
तिमीभन्दा म छु नि वैरागी ।।

तिमी न्याउ, न्याउ, न्याउ भनेर के कराउँछ्यौ ? पहरामा बसेर, तिम्रो दुखभन्दा मेरो दुख त धेरै ठुलो छ । यो २००१ सालको कुरा हो । यस्ता किसिमका गीतहरू भएपछि मैले विचार गरेँ, यी सबै कविता त जर्मनको धावाको डरले आएको हो, जुरेलीले ल्याएको हो, आफ्नै जीवन्त छ यसको, त्योपछि गाउँले झझ्याउरे गीत टिपेँ र त्यही टिपेको आधारमा गाउँघरको काम सकेर यहाँ आएपछि रिसर्च बुझाइयो । त्यहाँदेखि अलिअलि साहित्यमा त रस लागिसकेको थियो ।

साँच्चिकै भन्नुपर्दा यी जुरेलीकै कारण संस्कृतिविद् बनेको हुँ । त्यो बेला ल्याएका गीतहरू नेपाली साहित्यका लागि काम लाग्ने चिजहरू हुन् भनेर गोपालप्रसाद रिमालले पत्रिकामा छापेर सुरक्षित राखे । त्यो नै धेरै महत्त्वपूर्ण थियो र मलाई साहित्यकार पनि बनाएको यसैले हो । भक्तपुरमा रहेका दत्तात्रयको मन्दिर सुन्नुभएको होला नि ? उसका पनि २४ गुरु थिए, कुकुर, बिरालो, मौरी आदि मेरो चाहिँ जुरेली गुरु हो ।



...
AnGepay

Multiple linear regression and ANOVA were employed to estimate and identify the critical process parameters and material attributes propecia regrowth

...
Grainok

Neunuebel JP, et al propecia long term side effects The classical action of activated extracellular signal regulated kinase ERK 1 and ERK 2 is their translocation into the nucleus where they activate mitogenic transcription factors

...
Borunsurn

Bacteria cannot survive in oxygen п»їcialis Time Warner Cable Inc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई