English

आज मौसम सफा रहने



आज शनिबार बिहान देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीदेखि भने देशभर मौसम सामान्यतया सफा रहने छ । आइतबार र सोमबार देशभर मौसम सामान्यतया सफा रहने छ ।

यो पनि…
आज कुन तरकारीको मूल्य कति ? [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् । देवकोटालाई अध्यक्ष

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था