English

तौल घटाउन प्रभावकारी जिरा



तौल घटाउन मानिसहरू घण्टौँसम्म जिममा पसिना बगाउँछन् । यति मात्र होइन कति खानपानमा प्रतिबन्ध लगाउँछन् । तर हाम्रो भान्सामा सजिलै पाइने जिराको प्रयोगले पनि तौल कम गर्न सहयोग गर्छ ।

दैनिक जिराको नियमित सेवनले शरीरमा जमेको बोसो घटाउन मद्दत गर्छ । जिराले बोसो पगाल्न र शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ । यसमा धेरै प्रकारका तत्त्वहरू पाइन्छ जुन तौल कम गर्न प्रभावकारी हुन्छ ।

यसरी गर्नुहोस् सेवन
तौल घटाउन बिहान मनतातो पानीमा मह मिसाएर पिउनुपर्छ । यो पानीमा जिराको धुलो पनि मिसाएर पिउनुहोस् । यसरी दैनिक जिराको सेवनले तौल घटाउन मद्दत गर्छ ।

वीरेनुन र जिराको धुलोलाई मनतातो पानीमा मिसाएर सेवन गर्नाले पाचन प्रक्रियालाई राम्रो बनाउँछ र खानालाई राम्ररी पचाउँछ जसले गर्दा तौल कम हुन्छ । त्यसका साथै जिरा पाचन क्रिया, पेट फुल्ने, पेट दुख्ने समस्यामा निकै लाभदायक मानिन्छ ।

विभिन्न अध्ययनका अनुसार कागतीमा जिरा मिसाएर सेवन गर्दा यसले तौल घटाउन मद्दत गर्छ । जिरा वा जिराको पानी पिउनाले केही दिनमै तौल घटाउन सकिन्छ ।

यसलाई १–३ ग्रामको मात्रामा दिनमा दुईपटक दहीसँगै खाँदा पनि मोटोपना कम हुने गर्दछ । यसको सेवनले शरीरमा अनावश्यक बोसोलाई कम गर्नुका साथै रक्तसञ्चार पनि राम्रो हुन्छ । यसले कोलेस्ट्रोललाई पनि कम गर्दछ ।

यो पनि…
यी हुन् सुखी जीवनका सूत्र
नियमित सेक्सको फाइदा : तन्दुरुस्तदेखि तनाव नियन्त्रणसम्म



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested