English

तौल घटाउन प्रभावकारी जिरा



तौल घटाउन मानिसहरू घण्टौँसम्म जिममा पसिना बगाउँछन् । यति मात्र होइन कति खानपानमा प्रतिबन्ध लगाउँछन् । तर हाम्रो भान्सामा सजिलै पाइने जिराको प्रयोगले पनि तौल कम गर्न सहयोग गर्छ ।

दैनिक जिराको नियमित सेवनले शरीरमा जमेको बोसो घटाउन मद्दत गर्छ । जिराले बोसो पगाल्न र शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ । यसमा धेरै प्रकारका तत्त्वहरू पाइन्छ जुन तौल कम गर्न प्रभावकारी हुन्छ ।

यसरी गर्नुहोस् सेवन
तौल घटाउन बिहान मनतातो पानीमा मह मिसाएर पिउनुपर्छ । यो पानीमा जिराको धुलो पनि मिसाएर पिउनुहोस् । यसरी दैनिक जिराको सेवनले तौल घटाउन मद्दत गर्छ ।

वीरेनुन र जिराको धुलोलाई मनतातो पानीमा मिसाएर सेवन गर्नाले पाचन प्रक्रियालाई राम्रो बनाउँछ र खानालाई राम्ररी पचाउँछ जसले गर्दा तौल कम हुन्छ । त्यसका साथै जिरा पाचन क्रिया, पेट फुल्ने, पेट दुख्ने समस्यामा निकै लाभदायक मानिन्छ ।

विभिन्न अध्ययनका अनुसार कागतीमा जिरा मिसाएर सेवन गर्दा यसले तौल घटाउन मद्दत गर्छ । जिरा वा जिराको पानी पिउनाले केही दिनमै तौल घटाउन सकिन्छ ।

यसलाई १–३ ग्रामको मात्रामा दिनमा दुईपटक दहीसँगै खाँदा पनि मोटोपना कम हुने गर्दछ । यसको सेवनले शरीरमा अनावश्यक बोसोलाई कम गर्नुका साथै रक्तसञ्चार पनि राम्रो हुन्छ । यसले कोलेस्ट्रोललाई पनि कम गर्दछ ।

यो पनि…
यी हुन् सुखी जीवनका सूत्र
नियमित सेक्सको फाइदा : तन्दुरुस्तदेखि तनाव नियन्त्रणसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested