English

जलिरह्यो अस्पताल, चलिरह्यो अप्रेशन !



रुसको अस्पतालमा शुक्रवार अचानक आगो लाग्यो । दमकलकर्मीलाई यो निभाउन करिव दुई घण्टाको समय लागेको थियो । तर यसमा सबैभन्दा ठूलो कुरा र महत्वपूर्ण विषय आगो बनेन ।

अप्रेशन थिएटरमा एक बिरामीको ओपन हार्ट सर्जरी भइरहेको थियो । यसलाई डाक्टरले अधुरो छोडेनन् । उनीहरुले यो अप्रेशन पूरा गरेरै छोडे । आफ्नो ज्यान जोखिममा राखेर बिरामीलाई बचाए । घटना रुसको सुदूरपूर्व ब्लागोवेश्चेन्स्क शहरको हो ।

दमकलकर्मीहरुका अनुसार जब यो जानकारी आयो कि, अप्रेशन थिएटरमा बिरामीको सर्जरी चलिरहेको छ, तब उनीहरुले आफ्नो तर्फबाट सबै काम छिटो गरे । अप्रेशन थिएटरमा धुवाँ नजाओस् भनेर पंखा चलाइएको थियो । आगोले तार जलाइसकेको थियो ।

पंखा चलाउनको लागि अर्को स्थानबाट बिजुलीको प्रबन्ध मिलाइयो । अन्य टिम आगो निभाउन लागे । दोश्रो तर्फ आठ डाक्टर र नर्सको टिम अप्रेशन पूरा गर्न लागे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested