English

प्रियंका कार्कीको नजरमा पढ्नै पर्ने तीन पुस्तक



यदि तपाईं शनिवार फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर यो खाली समयमा कस्तो पुस्तक पढेर सदुपयोग गर्ने त ? वा कस्ता पुस्तक छान्दा राम्रो हुन्छ ? भन्ने किसिमको द्विविधामा हुनुहुन्छ भने, तपाईँले यी तीन पुस्तक पढेर बिदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

यी हुन् अभिनेत्री प्रियंका कार्कीको नजरमा पढ्नैपर्ने तीन पुस्तक
१. द सेक्रेट

मैले प्रायजसो सेल्फ हेल्प पुस्तकहरू पढ्ने गरेको छु । मैले कुनै तीन पुस्तक छान्नुपर्दा पहिलो नम्बरमा द सेक्रेटलाई लिन्छु । यो मैले पढेको पहिलो सेल्फ हेल्प पुस्तक हो । यो पुस्तक एकदमै प्रेरणदायी र पढ्दै जाँदा सकारात्मक ऊर्जा उत्पन्न गराउने किसिमको भएकोले पनि यो पुस्तक एक पटक त पढ्नै पर्छ ।

२. सेपियन्स

सेपियन्स किताव भने मैले भर्खरै पढेको किताब मध्येको एक हो । यो एकदमै ज्ञानवर्धक पुस्तक हो । मानिसजातिको संक्षिप्त इतिहास नै रहेको यस किताबमा सम्पूर्ण कुराहरू सहज र विस्तृत रूपमा रहेको छ ।

३. मेन आर फ्रम मार्स, वुमे आर फ्रम भेनस

यो पुस्तक सम्बन्धमा सञ्चार सुधार गर्न, तपाईं आफ्नो सम्बन्धमा के चाहनुहुन्छ भनेर थाहा पाउन र तपाईं कसरी आफ्नो सम्बन्धमा चाहेको कुरा प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुराको लागि एक व्यावहारिक गाइड नै हो । त्यसैले यो पुस्तक पनि पढ्नै पर्ने किताब मध्येको एक हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,