English

अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार भूमिका श्रेष्ठलाई



अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिलाको रूपमा अधिकारकर्मी भूमिका श्रेष्ठलाई पुरस्कार प्रदान गरेको छ । समुदायमा हक अधिकारको लागि गरेको योगदानका कारण भूमिले उक्त पुरस्कार पाएकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयले यसवर्ष २०२२ को पुरस्कार भूमिकालाई दिएको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । नारी दिवसको अवसरमा अमेरिकी राज्य विभागका राज्य सचिव एन्टोनी जे ब्लिन्केनले भर्चुअलमार्फत वार्षिक इन्टरनेशनल वुमन अफ करेज अवार्ड आयोजना गरेका हुन् ।

भूमिका श्रेष्ठले सन् २००७ देखि नेपालमा तेस्रो लिङ्गीहरूको अधिकार र सामाजिक न्यायको वकालत गरिरहेकी छिन् ।

ट्रान्सजेन्डरविरुद्धको सामाजिक कलंक र ऐतिहासिक पूर्वाग्रहको बाबजुद श्रेष्ठले लैङ्गिक अल्पसंख्यक मान्यताको आन्दोलनको नेतृत्व गरेकी छन् । उनले २०२१ मा आफ्नो नागरिकता महिलामा परिवर्तन गरेकी थिइन् ।

यो पनि…
महिलालाई नेतृत्वमा पुग्नै सकस
प्रदेश–१ की एक्ली पालिका अध्यक्ष, जसले संघीयतालाई स्थापित गरिन्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested