English

सुनको मूल्य तोलामा एक लाख रुपैयाँ नाघ्यो



साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि
आजको विदेशी मुद्राको विनिमय दर
आइतबार ह्वात्तै घट्यो सुनको मूल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested