English

जताततै बर्डफ्लु, कुखुरा नष्ट



पोखरामा बर्डफ्लू भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्लाभित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो ।

संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ । वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ ।

यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ । कक्षका सञ्चार अधिकृत गृष्म न्यौपानेका अनुसार सन् २०१९ पछि अहिले पुनः वर्डफ्लु देखिएको हो ।

कास्कीको मादी गाउँपालिकास्थित याङ्जाकोटमा पछिल्लो समय संक्रमण भेटिएको थियो । २०७३ फागुनमा पनि खाल्टेमसिनामा संक्रमण फैलिएको थियो । पोखरामा पहिलोपटक सन् २०१० मा कुखुरामा वर्डफ्लु संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का खुशीमान गुरुङले पालेको फार्म र पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा फार्मबाट बर्डफ्लु संक्रमण भेटिएको हो । नजिकका फार्महरुको निगरानी र परीक्षणसमेत गर्न थालिएको न्यौपानेले बताए ।

यो पनि…
काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested