English

झारफुकको विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा



खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका (डाँडागाउँ) का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नुपर्ने उमेरमा उनी हल न चल भएर ओछ्यानमा लड्न बाध्य छन् । १५ वर्षअघि रूखबाट लडेको चोटका कारण आफैँ ओल्टोकोल्टोसमेत गर्न नसक्ने अवस्थामा छन् मिलन । झट्ट अनुहार हेर्दा स्वस्थजस्तो देखिए पनि घाँटीमुनिका अंग सुकेर दाउरा जस्तो बनेको छ ।

कक्षा २ मा अध्ययनरत रहेको बेला उनी २०६२–०६३ मा दूधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे । जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो ।

मिलन बाल्यकालमा मावली घर ऐंसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा बस्थे । कक्षा २ मा अध्ययनरत रहेको बेला उनी २०६२–०६३ मा दूधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे । जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो । ठमठम कुद्दै घाँस काट्न गएका मिलन यता उता सर्न पनि घस्रनुपर्ने अवस्थामा घर फर्किए । उनी उभिन सक्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण उनलाई स्वास्थ्य संस्थामा उपचारमा लगिएन । बरु धामी झाँक्री लगाइए, झारफुक गरिए । तर, मिलनको मेरूदण्ड निको हुनुको सट्टा झन् कमजोर बन्दै गयो । घस्रेरै दिसापिसाब गर्ने गरेका मिलनलाई मावलीबाट २०६५ सालमा घरमा लगिए ।

घरमा पनि मिलन आफैँ घस्रेर शौचालय जाने आउने गर्थे । पिँढीमा बसेर आफैँले लेखेको कविता वाचन गरेर छिमेकीलाई सुनाउँथे । उनको कविता सुनेर कतिपय आफन्त रुन्थे । तर, २०७२ सालपछि भने उनी ओछ्यानबाट उठ्न सकेका छैनन् । शरीर सुकेर निलो भएको देखिन्छ । दिसा पिसाबसमेत ओछ्यानमै गर्न बाध्य छन् । उनको दुवै खुट्टा र दाहिने हात खुम्चिएको छ । खुम्चिएका हात खुट्टा तन्किँदैन । देब्रे हात मात्र सामान्य चलाउन सक्छन् ।

उनले त्यही देब्रे हातले सुतीसुती खाना खाने गरेका छन् । मोबाइल चलाउने गरेका छन् । उनलाई माइली आमातर्फकी बहिनी मञ्जिता गिरीले हेरचाह गर्ने गरेकी छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षकी मञ्जिता घर व्यवहार सम्हाल्नुपर्ने भएका कारण अधिकांश कक्षा छुटाउन बाध्य छिन् ।

बुबा जितबहादुर गिरी मिस्त्रीका काम गर्छन् । आमा नरमायाको २०६५ सालतिरै मृत्यु भइसकेको छ । नरमायाको पनि शरीर नचल्ने समस्या देखिएको केही समयपछि मृत्यु भएको स्थानीय बताउँछन् । मिलनलाई शुभेच्छुकले टिभी किनेर राखिदिएका छन् । उनले त्यही टिभी हेरेर समय कटाउने गरेका छन् ।

लामो समयदेखि ओछ्यानमा थला परेका मिलनले २ वर्षअघिदेखि मात्र अपांगता वापतको सामाजिक सुरक्षा भत्ता पाउन थालेको स्थानीय इन्द्रबहादर गिरी बताउँछन् । उनलाई (क) वर्गको अपांगताको परिचयपत्र प्रदान गरिएको छ ।

यो पनि…
अब समाजले नसोधोस्–‘रातो सारी, चुरा पोते किन नलाको ?’ (भिडियो पनि)
एसिड पीडित जो आफैं जुटाउँदैछन् हिम्मत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested