रूस-युक्रेन द्वन्द्व : युक्रेन छाडेर कहाँ गए नेपाली ?



युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किभबाट सबै नेपाली बाहिरिएका छन् । रूस-युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् ।

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतका देशमा पुगेको जानकारी दिए ।

गैर–आवासीय नेपाली संघ, रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवम् उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।

यसअघि समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले रूसमा रहेका नेपालीले समेत नियमित रूपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए ।

युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किभबाट सबै नेपाली बाहिरिएका छन् । रूस-युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।

रूसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रूसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए ।

पश्चिमी मुलुकले रूससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रूसमा बस्ने नेपालीमा समेत संसय थपिएको छ । स्वास्थ्य समितिका संयोजक डा.बोध सुवेदीले गैर–आवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए ।

एन–आरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीलाई खाना बस्ने र परिचयपत्रलगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो संजाल बनाएर एकअर्कालाई सहयोग गरेको बताए ।

यो पनि…
पछिल्लो समय के-के भयो युक्रेनमा ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् ।  एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार प्रेश विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन्, कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो