गर्मी कोठालाई यसरी शीतल बनाउनुहोस्



गर्मी मौसममा दिनभर बाहिरको काम वा चर्को घामबाट राहत पाउन मानिस घरमा पुग्ने गर्दछन् ।

घरमा शीतल भएर गर्मीको थकान मेटाउने चाहना हुन्छ । तर, घर छिर्दासमेत घरभित्र गर्मीले उकुस मुकुस हुन्छ । यस्तोमा मानिसको मस्तिष्कले पर्याप्त आराम पाउँदैन, दिक्क लाग्छ साथै शरीरमा आलस्यता समेत हुने गर्दछ । त्यसैले, । तर, कसरी ?

१. घरको कोठा शीतल राख्न घरका सबै झ्याल, ढोकाहरू खुला राख्नुपर्दछ ।
२. गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनुपर्दछ ।
३. घरमा उज्यालो रंगको पर्दा र सम्भव अनुसार भित्तामा उज्यालो रंग लगाउनुपर्दछ ।
४. बेडमा सूतीको पातलो तन्ना प्रयोग गर्नु पर्दछ ।
५. कोठा सकेसम्म खुल्ला राख्नुपर्दछ । अनावश्यक धेरै सामग्री राख्नुहुँदैन ।
६. एकै स्थानमा धेरै सामग्री राख्दा पनि यसले कोठामा गर्मी बढाउने गर्दछ ।
७. कोठाभित्र इन्डोर प्लान्टलाई गमलामा राख्दा पनि यसले शीतला प्रदान गर्दछ ।
८. कोठामा भएका पंखा, एसी वा कुलरलाई मर्मत गरेर चालु अवस्थामा राख्नुपर्दछ ।
९. घर छिर्नासाथ हात खुट्टा धोएर केहिबेर खुल्ला ठाउँमा बस्नुपर्दछ ।
१०. घर छिर्दा केही बेर आराम गरेर नुहाउदाँ पनि शरीरमा शीतलता प्राप्त हुन्छ ।

यद्यपि, साँझको समयमा भने घरको मुख्य ढोकाहरु बन्द गर्नुपर्दछ । अन्यथा बाहिरका किरा, लामखुट्टे घरभित्र छिर्ने गर्दछन् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना