English

घुँडा र कुहिनाको कालोपन कसरी हटाउने ?



छालाको हेरचाहको प्रसंग आउँदा घुँडा तथा कुहिना प्राथमिकतामा पर्दैन । शरीरको यो भाग अन्यभन्दा रुखो हुन्छ । घुँडा तथा कुहिनाको भाग कालो हुनुको कारण बढ्दो उमेर र चाउरीपना पनि हुन सक्छ । महिलाहरूमा प्रायः यो समस्या हुन्छ ।

घुँडा तथा कुहिनालाई थोरै हेरचाह गर्ने हो भने पनि गोरो बनाउन सकिन्छ । यसका लागि तपाईंले घरैमा कागती, मह, ओट्स लगायतको स्क्रब बनाउन सक्नु हुन्छ । कागतीको रसमा प्राकृतिक रूपमा छाला गोरो पार्ने गुण हुन्छ । महको प्रयोगले पनि छाला चम्किलो र नरम हुन्छ । ओट्स खस्रो हुन्छ, यसले स्क्रबमा एक्सफोलिएशन एजेन्टको रूपमा काम गर्छ ।

स्क्रब बनाउन चाहिने सामग्री

– कागती
– ओट्स, एक चम्चा
– मह, एक चम्चा
– नुन, एक चिम्टि

स्क्रब बनाउने विधि

– एउटा भाँडोमा कागतीको रस निचोर्नुहोस् ।
– त्यसमा एक चम्चा मह मिसाउनुहोस् र यी दुवैलाई राम्रोसँग मिक्स गर्नुहोस् ।
– अब त्यसमा एक चम्चा ओट्स र एक चिम्टी नुन पनि मिसाएर पेस्ट बनाउनुहोस् ।
– घुँडा तथा कुहिनालाई पानीले राम्ररी सफा गर्नुहोस् ।
– अब त्यो स्क्रबलाई घुँडा र कुहिनामा लगाएर १० मिनेटसम्म मसाज गर्नुहोस् ।
– त्यसलाई हल्का तातो पानीले धोएर थपथपाएर सुकाउनुहोस् ।
– स्क्रब गरिसकेपछि एलोभेरा जेल वा मोस्चराईजरले घुँडा र कुहिनामा मोस्चराईज गर्नुहोस् ।
– राम्रो नतिजाको लागि यो प्रक्रिया हप्तामा दुईदेखि तीन पटक दोह्याउनु होस् ।



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Popular
Suggested