English

घुँडा र कुहिनाको कालोपन कसरी हटाउने ?



छालाको हेरचाहको प्रसंग आउँदा घुँडा तथा कुहिना प्राथमिकतामा पर्दैन । शरीरको यो भाग अन्यभन्दा रुखो हुन्छ । घुँडा तथा कुहिनाको भाग कालो हुनुको कारण बढ्दो उमेर र चाउरीपना पनि हुन सक्छ । महिलाहरूमा प्रायः यो समस्या हुन्छ ।

घुँडा तथा कुहिनालाई थोरै हेरचाह गर्ने हो भने पनि गोरो बनाउन सकिन्छ । यसका लागि तपाईंले घरैमा कागती, मह, ओट्स लगायतको स्क्रब बनाउन सक्नु हुन्छ । कागतीको रसमा प्राकृतिक रूपमा छाला गोरो पार्ने गुण हुन्छ । महको प्रयोगले पनि छाला चम्किलो र नरम हुन्छ । ओट्स खस्रो हुन्छ, यसले स्क्रबमा एक्सफोलिएशन एजेन्टको रूपमा काम गर्छ ।

स्क्रब बनाउन चाहिने सामग्री

– कागती
– ओट्स, एक चम्चा
– मह, एक चम्चा
– नुन, एक चिम्टि

स्क्रब बनाउने विधि

– एउटा भाँडोमा कागतीको रस निचोर्नुहोस् ।
– त्यसमा एक चम्चा मह मिसाउनुहोस् र यी दुवैलाई राम्रोसँग मिक्स गर्नुहोस् ।
– अब त्यसमा एक चम्चा ओट्स र एक चिम्टी नुन पनि मिसाएर पेस्ट बनाउनुहोस् ।
– घुँडा तथा कुहिनालाई पानीले राम्ररी सफा गर्नुहोस् ।
– अब त्यो स्क्रबलाई घुँडा र कुहिनामा लगाएर १० मिनेटसम्म मसाज गर्नुहोस् ।
– त्यसलाई हल्का तातो पानीले धोएर थपथपाएर सुकाउनुहोस् ।
– स्क्रब गरिसकेपछि एलोभेरा जेल वा मोस्चराईजरले घुँडा र कुहिनामा मोस्चराईज गर्नुहोस् ।
– राम्रो नतिजाको लागि यो प्रक्रिया हप्तामा दुईदेखि तीन पटक दोह्याउनु होस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested